माओवादीको हेडक्वार्टर विघटन

माओवादीको हेडक्वार्टर विघटन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को हेडक्वार्टरको विघटन भएको छ । पार्टीको हेडक्वार्टरको आइतबार बसेको बैठकले ३५ सदस्यीय सो निकायलाई विघटन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीबाट काठमाडौं फर्किएपछि बसेको बैठकले पार्टीको कार्यकारी निकाय केन्द्रीय सचिवालयलाई बनाउने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । पार्टीले दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे अनुसार हेडक्वार्टरलाई विघटन गरेर ९९ सदस्यीय केन्द्रीय सचिवालयलाई कार्यकारी निकाय बनाउने निर्णय गरेको हो ।

पार्टीमा चार हजार भन्दा बढी सदस्य रहेको केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ । समिति भद्दा भएको भन्दै पार्टी भित्रैबाट विरोध हुँदै आएको छ । तर, पार्टीको महाधिवेशनको मिति भने तोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.