भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमणबाट सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। ४८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतबाट फर्केलगत्तै प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन्।

‘भारत भ्रमण पूर्ण रुपमा सफल भयो,’ प्रधानमन्त्री देउवाले भने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको र त्यसमध्ये चार बुँदा भूकम्पपछिको पुनर्निर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन्। एउटा सम्झौता ५० हजार घर पुनर्निर्माणसँग सम्बन्धित छ।

दिल्लीमा रहँदा उनले संविधान संशोधनको प्रयास पुन गर्ने भन्दै दिएको अभिव्यक्तिबाट उनको आलोचना भइरहेको छ। सत्ता साझेदारले समेत आलोचना गरिरहेको बेला उनकै पार्टी कांग्रेसले भने उक्त अभिव्यक्तिमा ‘रणनीतिक’ महत्व रहेको दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.