पुल भत्किएपछि थप सास्ती

पुल भत्किएपछि थप सास्ती

विराटनगर : विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने सिंघिया खोलाका पुलमा बाढीले क्षति पुर्‍याएपछि यातायात सम्पर्क टुटेको छ। कटहरीका बासिन्दा सहज रूपमा जिल्ला सदरमुकाम विराटनगर आउन सकेका छैनन्। विराटनगरबाट राहत लिएर जाने दातालाई पनि बाढीपीडितसम्म पुग्न समस्या भएको छ।

बाढीले साउन अन्तिम साता हनुमान मन्दिर र धनावटस्थित दुईवटा पक्की पुलमा क्षति पुर्‍याएको हो। बाढी पुलमाथि उर्लिएको स्थानीय बताउँछन्। काठ, रूख तथा बाँसको झ्याङ पुलमा अड्किएपछि खोलाले बहाव परिवर्तन गरी पूर्वी भागमा कटान गरेको थियो। दुवै पुलका पूर्वी भागमा करिब २० मिटर गहिरो खाल्डो बनेको छ। पिलरमै खाल्डो बन्दा पुल थप जोखिममा परेको देखिन्छ। तर, अहिलेसम्म पुलको जोखिम न्यूनीकरणका लागि सरकारी निकायले कुनै काम गरेको छैन।

विराटनगर-कटहरी जोड्ने पुलबाट अहिले सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। रित्तो व्यक्तिले पनि मुस्किलले पुल पार गर्नुपर्ने अवस्था छ।

पुलबाट अहिले सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। रित्तो व्यक्तिले पनि मुस्किलले पुल पार गर्नुपर्ने अवस्था छ। पुल मर्मत कहिले होला र विराटनगर सहज रूपमा आउजाउ गर्न पाइने हो भन्ने अन्योलमा स्थानीय देखिएका छन्। पुलपारि गाउँबाट हटिया भर्न, मजदुरी गर्न तथा विद्यालय, क्याम्पस पढ्न आउनेहरू बढी समस्या छन्।

 

राहत दिएर फर्किंदै गरेका विराटनगरका मञ्जुल आलमले बाढीभन्दा धेरै पुलले सास्ती दिएको गुनासो गरे। ‘बाढी त एकपटक आयो-गयो', उनले भने, ‘दिनहुँ हिँड्नुपर्ने पुल जोखिममा परेपछि बाढीपीडितहरू कसरी बस्न सक्छन् ? ' सरकारले चाँडै पुल बनाइदिनुपर्ने उनको माग छ।

पुल बने दाताले सहयोग लिएर आउने आसमा रहेका सुकुम्बासी बाढीपीडितले भोकभोकै बस्नुपरेको गुनासो गरेका छन्। कटहरी-१ की पूर्णिमा परियारले बाढीपछि पुलका कारण थप सास्ती बेहोर्नुपरेको गुनासो गरिन्। ‘पुल बिग्रेपछि केटाकेटी स्कुल जान सकेका छैनन्', उनले भनिन्, ‘अब यो पुल कसले बनाइदिने हो ? '

हनुमान मन्दिरछेउको पुल निर्माण भएको एक दशक हुन लाग्यो तर धनावटछेउको पुल बनेको एक वर्ष मात्र भएको छ। सोही पुलमा बढी क्षति भएको कटहरी गाउँपालिकाका अध्यक्ष राजकुमार कामतले जानकारी दिए। पुलकै कारण विराटनगरबाट टाढिएको सुनाउँदै अध्यक्ष कामतले स्थानीय तवरबाट पुल मर्मत गर्न नसकिने प्रतिक्रिया दिए। ‘अहिले सिंगो गाउँ बाढीले समस्यामा छ', उनले भने, ‘यससँगै पुलको समस्या सुल्झाउन लागिपरेको छु।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.