अमेरिकी धम्कीपछि भेनेजुएलाका नागरिक सैनिक तालिम लिँदै

अमेरिकी धम्कीपछि भेनेजुएलाका  नागरिक सैनिक तालिम लिँदै

काराकस : भेनेजुएलाका नागरिकले अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धको विरोधमा सडकमा प्रदर्शन गरेका छन् । अमेरिकाले मानवअधिकार उल्लंघन भएको भन्दै शनिबार भेनेजुएलामाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी सरकारको कदमको विरोधमा सर्वसाधारण नागरिकले आफूहरूलाई पनि सेनाको तालिम दिन आग्रह गरेका छन् । उनीहरूको आग्रहपछि यहाँको सेनाले सर्वसाधारणलाई पनि राइफल चलाउन, क्षेप्यास्त्र प्रयोग गर्न र भिडन्त गर्ने प्रशिक्षण दिन शुरु गरेको छ । शनिबारदेखि शुरु गरिएको सैन्य अभ्यासमा युद्धक विमान, ट्यांक र नेशनल बोलिभियन आर्मीका जवानले एकसाथ प्रदर्शन गरिरहेका छन् । सैन्य अभ्यासमा दुई लाख सैनिक र सात लाख जगेडा सुरक्षा बलसहित सर्वसाधारण सहभागी छन् ।

 

प्रदर्शनकारीहरूले अमेरिकी सरकारको अतिक्रमणलाई अस्वीकार गर्ने ‘युनाइटेड सोसिलिस्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी)’ का नेता दारियो भिभासले एक टेलिभिजनमा बताएका छन् । यसैबीच भेनेजुएलाको सरकारले सर्वसाधारणलाई सैन्य तालिम दिन शुरु गरेको छ । सरकारले देशभर सैन्य तालिम शुरु गरी अभ्यास आयोजना गर्दै हजारौं सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ ।

सरकारले दुई लाख सैनिक र सात लाख सर्वसाधारण र आवश्यकताअनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने व्यक्तिहरूलाई उक्त तालिममा तैनाथ गरिएको छ । अमेरिकाले निकोलस मदुरो सरकारमाथि मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै दबाव बढाएपछि उक्त सैन्य अभ्यास आयोजना गरिएको हो । राजधानी काराकस र भेनेजुएलाका अन्य शहरमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणलाई तालिम दिइएको थियो ।

काराकसस्थित सैन्य प्रशिक्षण केन्द्रले मुक्का प्रहार गर्न, युद्धक विमान खसाल्न र बन्दुक चलाउन सिकाएको जानकारी दिएको छ । राइफल प्रहार गर्ने प्रशिक्षण लिएपछि ६० वर्षीया महिला एरिका एभेनदानोले भनिन्, ‘याङ्किज आउट ।’ भेनेजुएलामा अमेरिकाले कुनै कदम चाले आफूहरूले त्यसको सशक्त प्रतिकार गर्ने स्पष्ट पारिन् । सेनाबाट बन्दुक चलाउन सिक्दै गरेका २३ वर्षीय ग्रेगोरियो भल्देरामाले भने, ‘आफ्नो देश र परिवारको रक्षा गर्न सिक्दै छु । मलाई राइफल चलाउन र गोली प्रहार गर्न आउँदैन । अब म सिक्दै छु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.