नवीकरणीय ऊर्जामा चीनको प्रगति
बेइजिङ : चीनले सन् २०१७ को शुरुमा सन् २०२० सम्म नवीकरणीय ऊर्जा क्षेत्रमा ३ खर्ब ६० अर्ब अमेरिकी डलर लगानी गर्ने निर्णय गर्यो । त्योसँगै कोइलाबाट सञ्चालन हुने ८५ वटा पावर प्लान्ट बनाउने योजना खारेज गर्यो ।
मार्चमा चिनियाँ अधिकारीले चीनको ऊर्जा क्षमता, कार्बन अधिकता तथा सफा ऊर्जा संसाधनको हिस्साका लागि निर्धारित आफ्नो लक्ष्यभन्दा धेरै अघि बढिसकेको जनाए । गत महिनामा मात्रै चिनियाँ ऊर्जा नियमनकारी संस्था नेशनल इनर्जी एडमिनिस्ट्रेसनले मुलुकको कोइला प्रयोग निर्भरता कम गर्न नयाँ उपाय घोषणा गर्यो ।
यी त भए चीनले विश्व ऊर्जा विकासमा पछिल्लो समय गरेका सकारात्मक सुधार प्रयासका संकेतहरू । यी प्राविधिक रूपान्तरण र नवीकरणीय ऊर्जा क्षेत्रमा खर्च घटाउने चिनियाँ प्रयास हुन् । तर चीनले नवीकरणीय ऊर्जामा लगानी गरेर कोइलाको प्रयोग मात्र घटाउन लागिरहेको भने होइन । यसले विश्व ऊर्जा क्षेत्रमा रहेको मागलाई पनि सम्बोधन गर्न र यसमा चीनको भूमिकालाई बढाउन चाहेको छ । अर्थात् चीनको अर्थतन्त्रमा लगातार देखिएको वृद्धिलाई सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा लगाउँदै विश्वबजारमा आफ्नो क्षमता फराकिलो पार्न चाहेको हो ।
घरायसी खपत, औद्योगिक तथा व्यापारिक भवनमा बढ्दो ऊर्जाशक्तिको माग, निजी तथा साना सवारीसाधनको प्रयोग र एउटै साधनलाई धेरै व्यक्तिको सेवाका लागि प्रयोग हुँदा यातायात क्षेत्रमा प्राकृतिक ऊर्जाको प्रयोगमा कमी आउन थालेको र यसका कारण भूमिगत इन्धनको दोहन र उपयोगमा पनि कमी आउन थालेको छ । विकल्पमा नवीकरणीय ऊर्जाशक्ति तथा विद्युत्को माग बढ्दो छ ।
म्याकिन्से ग्लोबल इन्स्टिच्युट (एमजीआई) को प्रतिवेदनले यस्ता प्रकारका सोचले आधारभूत ऊर्जाको मागलाई कमजोर बनाएको जनाएको छ । यदि नयाँ प्रविधिलाई तीव्र रूपमा अंगीकार गर्न सकियो भने सन् २०२५ सम्म विद्युत्को मागमा अहिलेको तुलनामा निकै वृद्धि हुनेछ ।
ऊर्जाको कम सघन प्रयोग र बढ्दो प्रभावकारिताले विश्व अर्थतन्त्रमा ऊर्जाको उत्पादकत्व अगामी दुई दशकमा ४० देखि ७० प्रतिशतले वृद्धि हुनसक्नेछ । विश्वव्यापी रूपमा ऊर्जाको वृद्धिदर घट्दै गएको परिप्रेक्ष्यमा चीनको मागको अंश भने बढ्दो देखिन्छ । वर्तमान २३ प्रतिशत ऊर्जा माग बोकेको चीनले २०३५सम्म विश्वको प्राथमिक ऊर्जा मागको २८ प्रतिशत ओगट्न सक्ने देखिन्छ । जब कि हालको १६ प्रतिशत मागबाट घट्दै संयुक्त राज्य अमेरिकाको प्राथमिक ऊर्जा माग सन् २०३५ सम्म नै १२ प्रतिशतमा आउन सक्नेछ ।
संसाधनमाथिको सघन निर्भरता कम गर्ने दिशामा चीनले उल्लेखनीय प्रगति गरिसकेको छ । सन् १९८० देखि २०१० को बीचमा चिनियाँ अर्थतन्त्रमा १८ गुणाले वृद्धि हुँदा यसको ऊर्जा उपभोग भने पाँच गुणाले मात्र वृद्धि भयो । विश्व बैंकको तथ्यांकअनुसार यसले प्रतिएकाइ कुल गार्हस्थ उत्पादन ऊर्जा सघनतामा ७० प्रतिशतले ह्रास भएको देखाउँछ ।
तेह्रौं पञ्चवर्षीय योजनामा चीन सरकारले ऊर्जा सघनतालाई सन् २०१६ देखि सन् २०२० सम्म कुल १५ प्रतिशतले घटनाउने लक्ष्य राखेको छ । वर्तमान कार्य प्रगति हेर्दा उक्त लक्ष्य हासिलतातर्फ उल्लेख्य कदम चालिएको आभास हुन्छ । यसै वर्षको शुरुवातमा चीनको राष्ट्रिय जनकंग्रेसमा जानकारी दिने क्रममा प्रधानमन्त्री ली खछियानले चीनको ऊर्जा सघनता गत वर्ष मात्रै पनि पाँच प्रतिशतले घटिसकेको जानकारी गराएका थिए ।
चीनमा संसाधनको सघन दोहनमा ह्रास देखिनुको प्रमुख कारण नवीकरणीय ऊर्जाका प्रकारहरू हुन् । यस क्षेत्रमा विश्व नेतृत्व गर्ने अपेक्षासहित चीनले अहिले नै वार्षिक एक खर्ब डलर घरेलु नवीकरणीय साधनमा लगानी गरिरहेको छ । जुन अमेरिका घरेलु नवीकरणीय ऊर्जामा लगानी गरेको मात्राको दुई गुणा एवं अमेरिका र युरोपेली महासंघ दुवैले गरेर हुने वार्षिक लगानीभन्दा बढी हो ।
यसअतिरिक्त चीनका प्रमुख कम्पनीहरूले विश्वव्यापीरूपमा पुनःनवीकरणीय ऊर्जा शृंखलाको नेतृत्व गर्ने क्रम बढ्दै जाँदा चीनले ३२ अर्ब अमेरिकी डलर, जुन अन्य कुनै देशको भन्दा धेरै हो, समुद्रपारका नवीकरणीय ऊर्लाका साधनमा लगानी गरिरहेको छ । चिनियाँ सोलार प्यानल उत्पादकहरूले अमेरिकी उत्पादकहरूको तुलनामा २० प्रतिशत लागत लाभ हासिल गर्न सकेको अनुमान गर्न सकिएको छ । यस्तै चिनियाँ हावाद्वारा चल्ने पंखा (विन्ड टर्बाइन) उत्पादकहरूले प्रविधिबीचको अन्तर विस्तारै कम गर्दै चिनियाँ घरेलु बजारको ९० प्रतिशत स्थान ओगट्न सकेका छन् । जुन सन् २००२ को तुलनामा २५ प्रतिशत बढी हो । यी प्रवृत्ति हुँदा ‘इनर्जी डिमान्ड’ र ‘कटिङ स्टेज’ प्रविधि दुवैको प्रमुख स्रोत हुँदै यस क्षेत्रको विश्वव्यापी नेतृत्वको उत्कृष्ट मौका चीनले पाउन सक्ने देखिन्छ ।
ऊर्जा सघनता घटाउने चिनियाँ अनुभव विकासशील राष्ट्रका लागि मार्ग चित्रका रूपमा रहन सक्छ । यसरी देशभित्र र बाहिरसमेत चीनले गरेको नवीकरणीय संसाधनमाथिको लगानी सबैतिरका लागि प्रविधिगत रूपान्तरणको माध्यमको रूपमा रहँदै आउने देखिन्छ ।
तर अवशेषजन्य इन्धनबाट नवीकरणीय ऊर्जातिर फड्को मार्दै गर्दा चीन आफैंले समेत चुनौती सामना गर्नुपर्नेछ । अहिले पनि चीको अर्थतन्त्र मुख्यतः कोइला, प्राकृतिक ग्याँसलगायतका इन्धनका स्रोतमा आधारित छ । यसअतिरिक्त सोलार प्यानल र वायु ऊर्जाका स्रोतको निर्माणले विद्युतीय ग्रिडलाई उछिन्दै गएका छन् र अन्य देशका उत्पादकले जस्तै चिनियाँ उत्पादकले पनि कम लागतमा बढी प्रभावकारी ऊर्जा उत्पादन गर्दै विश्व ऊर्जा बजारमा पकड कायम गर्न संघर्ष गर्नुपरिरहेको छ । यी कठिनाइ हुँदै प्रविधिजन्य खोजले चिनियाँ उत्पादकलाई उत्पादकत्व लाभ र उपभोक्ताको बचत सुनिश्चित गर्न सहयोग पुर्याउने देखिन्छ ।
एमजीआईका अनुसार सन् २०२५ सम्म विश्वभर प्रमुख वस्तुहरूको माग र पूर्तिको अन्तर समग्रमा ९ खर्ब अमेरिकी डलरदेखि १.६ ट्रिलियन अमेरिकी डलरसम्म लागत बचत गराउनसक्ने देखिन्छ । यी बचतको दर नयाँ प्रविधि कति छिटो अवलम्बन गरिन्छ भन्नेमा मात्र निर्भर नभई नीति निर्माता र कम्पनी कति छिटो नयाँ
(वोएटजेल भ्याकिन्से ग्लोबल इन्स्टिच्युटका निर्देशक र केजुङ वरिष्ठ अनुसन्धाता हुन् ।)