मुसलमान र हिन्दु एकताको मोदीले गरे प्रसंशा
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धारको काम गरी मुसलमान र हिन्दुबीचको एकताको उदाहरण देखाएको भन्दै आइतबार मुसलमान संगठन जमाइत उलेमा ए हिन्दको प्रशंसा गरेका छन् । उक्त मुसलमान संगठनका स्वयंसेवकले बाढी प्रभावित २२ वता हिन्दु मन्दिर तथा दुई मस्जिदमा गरेको सरसफाइ एकताको राम्रो उदाहरण भएको मोदीले बताए।
भारतीय प्रधानमन्त्री मोदीले मासिक रेडियो कार्यक्रम ‘मन कि वात’मा बोल्दै हालै धनेरा क्षेत्रको बनस्कण्ठ जिल्लामा मुसलमान जमाइत उलेमा ए हिन्दका स्वयंसेवकले विपतमा एकताको सन्देश दिएर धार्मिकसहिष्णुताको उदाहरण देखाएको भन्दै प्रशंसा गरे । तीस मिनेट लामो प्रत्यक्ष प्रशारणमा उनले हजारौँ वर्ष भारत प्राकृतिक सम्पदाले सम्पन्न रहेको र यहाँका जनता हजारौँ वर्षदेखि धार्मिक रूपमा सहिष्णु रहेको बताए ।
उनले भारतीय पर्व तथा उत्सवले सांस्कृतिक विविधता झल्काउने पनि चर्चा गरे । ‘हाम्रा सांस्कृतिक परम्परा, सामाजिक रीतिरिवाज, ऐतिहासिक घटनाक्रम गाँसेर हेर्ने हो भने कुनै पनि दिन कुनै न कुनै पर्वविना बित्ैन ।’, उनले भने । धेरैजसो पर्वहरू धार्मिक महत्व मात्रै भन्दा पनि यहाँका किसान र माझीबीचका गतिविधिलाई मनाउने उत्सव रहेकाले सबै किसिमका समुदायको सहभागिता रहने गरेको र यसले समाजलाई सामाजिक सहिष्णुतामा गोलबन्द गरेको उनको कथन थियो ।
भारतमा धार्मिक पर्वहरू मनाउने उत्साहकासाथ बसेका जनतालाई प्रधानमन्त्रीको भनाइले एकता र सहिष्णु बन्दै अघि बढ्न अभिप्रेरित गरेको छ । उनले विभिन्न धर्मावलम्बीले मनाइने कतिपय पर्वले फरक सम्प्रदायबीच एकतामा रहन बल पुग्ने गरेको चर्चा गरे । —रासस÷पीटीआई