एनएमबी माइक्रोफाइनान्सको अभिमुखीकरण तालिम

एनएमबी माइक्रोफाइनान्सको अभिमुखीकरण तालिम

काठमाडौं : एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लघुवित्त अभिमुखीकरण तालिम आयोजना गरेको छ । संस्थाले कर्मचारीलाई नयाँ क्षेत्रमा काम गर्न सहज होस् भनेर लघुवित्तसम्बन्धी आवश्यक ज्ञान दिने उद्देश्यले तालिम सुरु गरेको हो । तालिमको उद्घाटन पोखराको पृथ्वीचोकस्थित होटल स्टार रबिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले गरेका थिए । कोनाजोले लघुवित्तको परिचय, यसको सुरुवात र लघुवित्तको इतिहासबारे चर्चा गरेका थिए ।

लघुवित्तमा काम गर्ने कर्मचारीको आवश्यक ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको उनले बताए । तालिम व्यक्तिको वृत्ति विकासमा महत्र्वपूर्ण औजार भएकाले यसको आवश्यकता रहेको उनले बताए । ग्रामीण क्षेत्रमा काम गर्ने कर्मचारीमा सकारात्मक सोच हुनुपर्ने र समुदायमा रहेका हरेक व्यक्तिलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताए । ग्रामीण क्षेत्रका मानिस मिहिनेती, इमान्दार र विश्वासिलो हुने भएकाले लघुवित्त कार्यक्रम सहरभन्दा ग्रामीण क्षेत्रमा बढी प्रभावकारी देखिएको कोनाजोको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.