प्रभु बैंकको सहयोगमा वृक्षरोपण

प्रभु बैंकको सहयोगमा वृक्षरोपण

काठमाडौं : बुढानिलकण्ठ नगरपालिका तथा प्रभु बैंकको संयुक्त आयोजनामा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारीदेखि गणेशचोकसम्म मुल सडकको दायाँबायाँ दुवै किनारामा वृक्षरोपण कार्यक्रम आयोजना भएको छ । ‘क्लिन एन्ड ग्रिन बुढानिलकण्ठ’ भन्ने नाराका साथ वृक्षरोपण कार्यक्रम आयोजना भएको थियो ।

उक्त वृक्षरोपण कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेल र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा स्थानीय वडा प्रतिनिधि, नगरपालिकाका कर्मचारी, प्रभु बैंक लिमिटेडका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थिति थियो ।

वृक्षरोपण कार्यक्रममा नगर प्रमुख खरेलले वृक्षरोपणका लागि प्रभु बैंकले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरेका थिए । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले प्रभु बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउनुका साथै अतिरिक्त सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.