भ्रमण पूर्ण सफल भयो : देउवा

भ्रमण पूर्ण सफल भयो : देउवा

काठमाडौं : भारतको पाँचदिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भ्रमण सफल भएको दाबी गरेका छन्।

४८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतबाट फर्किलगत्तै प्रधानमन्त्री देउवाले भने, ‘भारत भ्रमण पूर्णरूपमा सफल भयो।' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि नेपाल-भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर भएको र तीमध्ये चार समझदारी भूकम्पपछिको पुनर्निर्माणमा भारतले दिने सहयोगसँग सम्बन्धित छन्। एउटा सम्झौता ५० हजार घर पुनर्निर्माणसँग सम्बन्धित छ। भूकम्प प्रभावित क्षेत्रका विद्यालय र सांस्कृतिक सम्पदा पुनर्निर्माणबारे पनि समझदारी भएको छ।

दिल्लीमा प्रधानमन्त्री देउवाले संविधान संशोधनको प्रयास फेरि गर्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ। सत्ता साझेदार दलले समेत आलोचना गरिरहेका बेला उनको पार्टी कांग्रेसले भने उक्त अभिव्यक्तिमा ‘रणनीतिक' महत्वव रहेको दाबी गरेको छ। रक्सौल-परवानीपुर र कुशाहा-कटैया अन्तरदेशीय प्रसारण लाइनको पनि दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेका छन्। ती प्रसारण लाइनबाट हिउँदमा भारतबाट थप सय मेगावाट विद्युत् आयात हुनेछ।

७ भदौमा भारतको राजधानी नयाँदिल्ली उत्रिएका प्रधानमन्त्री देउवाले ८ गते बिहीबार भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीसहित उच्चस्तरीय भेटघाट गरेका थिए। त्यही दिन दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनसमेत गरेका थिए। शुक्रबार हैदरावाद भ्रमणमा गएका प्रधानमन्त्री देउवा शनिबार दिनभर त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएका थिए। आइतबार बिहारको वोधगया पुगेका उनले बिहारका मुख्यमन्त्री नितिशकुमारसँग समेत भेटवार्ता गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.