समाचारको विरोधमा चिकित्सकहरु आन्दोलनमा
सिन्धुलीः स्थानीय सञ्चारमाध्यमले चिकित्सकको चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन प्रसारण गरेको भन्दै सिन्धुली अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। उनिहरुले सोमबारबाट ओपीडी सेवा बन्द गरेर आन्दोलन थालेका हुन्।
जिल्लाबाट प्रकाशन हुने एक दैनिक पत्रिका र अनलाई समाचारमा सिन्धुली अस्पताका चिकित्सकको चरित्र हत्या गर्ने गरी तल्लोस्तरको भाष प्रयोग गरेर समाचार लेखेको चिकित्सकहरुको गुनासो छ।
आइतबार र सोमबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर समाचारको खण्डन छाप्न चिकित्सकले आग्रह गरेका थिए।
चिकित्सकहरुले नेपाल पत्रकार महासंघ, स्थानीय प्रशासन, सञ्चारमाध्यम र चिकित्सकहरुबीचमा छलफल गरी समाचारका विषयमा उठेको विवाद टुङ्याएको भएपनि एक दैनिक पत्रिकाले फेरी गलत नियतले चिकित्सको तस्बिरसहित समाचार छापेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेका अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमले बताइन्।
उनले भनिन्, ‘चिकित्कसहरुले इमरजेन्सी सेवा बन्द गरेका छैनौं तर, ओपीडि सेवा भने सोमबारबाट अनिश्चित समयसम्मका लागि बन्द गर्न बाध्य भएका छौं।'