बर्दियामा नमुना खेल मैदान बनाइने
बर्दियाः युवा तथा खेलकुद मन्त्री राजन केसीले बर्दियाको कभर्डहलस्थित खेल मैदानलाई जिल्लाकै नमुना बनाइने बताएका छन्।
कभर्डहलको अनुगमनका लागि बर्दिया आएका केसीले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा बर्दियाको खेल मैदान तराइ क्षेत्रकै राम्रो भएकाले राष्ट्रिय बजेट मार्फत जिल्लाकै नमुना बनाईने बताएका हुन्।
सात बिगाहा क्षेत्रफलमा फैलिएको खेलमैदानको डीपीआर अन्तिम चरणमा पुगेकाले सुविधा सम्पन्न खेल मैदानको रुपमा निर्माण गरिने मन्त्रीको केसीले बताए। उनले डीपीआर तयार भएपछि ढिलाई नगरी खेल मैदान निर्माण कार्यलाई तीब्रता दिने आश्वासन दिए।