त्रियुगा नदी ‘डम्पिङ साइड

त्रियुगा नदी ‘डम्पिङ साइड

गाईघाट: बजारको फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा उदयपुरको सदरमुकाम गाईघाटको प्रवेशद्वारको रुपमा रहेको त्रियुगा नदी किनार डम्पिङ साईड बनेको छ। त्रियुगा पुल वारीको किनारलाई डम्पिङ साइड बनाइँदा वातावरणीय हिसावले फोहोर र दुर्घन्ध फैलिएको छ।

 

 

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रौतापोखरी, चौदण्डीगढी, मैनामैनीजस्ता पर्यटकीय क्षेत्र र खोटाङ जिल्लाको प्रवेशद्धारको रुपमा रहेको त्रियुगा नदी फोहोरको डम्पिङ साईड बन्नु दुखद भएको स्थानीय बताउँछन्।

त्रियुगा नगरपालिकाले प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरेपनि डम्पिङ साइड भने व्यवस्थित गर्न सकेको छैन। उचित ठाउँमा डम्पिङ साइड नहुँदा गाईघाटबजार नजिकैको नदी ढलमा परिणत हुदै गएको छ।

नगरपालिकाले भने डम्पिङ साइडको लागि जग्गा खोजि भइरहेको जनाएको छ। डम्पिङ साइड नभएकैले नदी किनारमा बिसर्जन गर्नुपरेको नगरपालिकाका लेखा अधिकृत दहलमान राईले स्वीकार गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.