दुगडको फ्रुटी कारखानामा सिलबन्दी

दुगडको फ्रुटी कारखानामा सिलबन्दी

काठमाडौं: दुगड कम्पनीले उत्पादन गर्ने पेय पदार्थ फ्रुटी कारखानमा प्रहरीले छापा मारी सिलबन्दी गरेको छ। सोमबार साँझ महानगरीय प्रहरी अपराध महाशाखाले सतुंगलस्थित कारखानामा छापा मारेर सिलबन्दी गरेको हो। 

म्याद सकिएको कच्चा पदार्थ फ्रुटीमा मिसाएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। म्याद गुज्रेको भेटिएपछि खारखानामा सिबन्दी गरिएको छ। 

प्रहरीले म्‍याद नाघेको चार सय थान म्‍याङगो पल्प(आपको गुदी) भएको ड्रम बरामद गरिएको छ। सोही पल्प प्रयोग गरी फ्रुटी उत्पादन गर्ने गरेको अनुगमन टोलीले फेला पारेको छ।  

जिल्ला प्रसाशन कार्यालय काठमाडौंको अनुगमन टोलीले उक्त उद्योगमा साँझमा छापा मारेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.