नेपालमा लगानीबारे भौतिक योजना मन्त्री र जापानी राजदूतबीच छलफल

नेपालमा लगानीबारे भौतिक योजना मन्त्री र जापानी राजदूतबीच छलफल

काठमाण्डौ: भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायर र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच सिंहदरबारमा भेटवार्ता भएको छ। सोमबार सिंहदरवारमा भएको भेटमा द्विपक्षीय हीतका बिषयमा छलफल भएको हो।

 

मन्त्री बलायरले जापान सरकारले नेपालको भौतिक पूर्वाधार क्षेत्रमा ठूलो सहयोग रहेकोमा आगामी दिनमा पनि यो सहयोग निरन्तर हुनेमा आफू बिश्वस्त रहेको बताएका थिए।

राजदूत ओगावाले नेपाल जापानको असल छिमेकी भएकाले नेपालको बिकासमा जापानको सदैव सहयोग रहने जवाफ दिए। जापान सरकार र जाइकाले नेपालमा विशेष गरी सडक पुल निर्माणमा ठूलो सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा सहयोग बढाउँदै लैजाने बताए।

उनले सिन्धुली बर्दिबाश (वीपी राजमार्ग) सडकखण्ड मर्मत र सम्भारमा जाइकाले चासो राखेको र यो काम छिट्टै अगाडि बढाउने बताए। राजदूत मासासी ओगावाले नागढुङ्गा टनेल निर्माण, माइतिघर- त्रिपुरेश्वर फ्लाइ ओभर, सुर्यबिनायक-धुलिखेल सडकखण्डको साङ्गा भन्ज्याङ्गमा टनेल सहितको निर्माण कार्य पनि चाँडै सुरु हुने बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.