'प्रविधिको उच्चतम् प्रयोगले उद्यमशीलता बढाउँछ'

'प्रविधिको उच्चतम् प्रयोगले उद्यमशीलता बढाउँछ'

काठमाडौं: नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अहिलेको युग सूचना र प्रविधिको युग भएको भन्दै त्यसको पहुँच सबैतिर पुर्याउन आवश्यक भएको बताएका छन्।

 

अनेरास्ववियू विज्ञान, प्रविधि अनुसन्धन विभागले राजधानीमा सोमबार राजधानीमा आयोजना गरिएको ‘सम्वृद्धिका लागि विज्ञान, प्रविधि, उद्यमशिलता र रोजगार' विषयक अन्र्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले विज्ञान, प्रविधिको विकासले मात्र समाजवादको दिशा तय गर्न सक्ने बताए।

‘विज्ञान प्रविधिको अधिकतम प्रयोग गरेर उद्यमशीलता र रोजगारको वृद्धि गर्न सकिन्छ,' उनले भने। अहिलेको आवश्यकता समृद्धि भएको भन्दै प्रविधिको उच्चतम प्रयोगबाट नै देशलाई संमृद्वतर्फ लैजान सक्ने बताए।

‘हाम्रो साझा लक्ष्य नै समृद्धिको यात्रा हो,' उनले भने, ‘अब प्रविधिको उच्चतम प्रयोग विना देश अघि बढ्न सक्दैन।'

कार्यक्रममा प्राध्यापक डाक्टर रामेश्वर अधिकारी र रोमकान्त पाण्डेले कार्यकपत्र प्रस्तुत गर्दै प्रशस्तमात्रामा उद्यमशीलता र रोजगारी सिर्जना गर्न सकिने आधार प्रस्तुत गरेका थिए।

सो कार्यपत्रमाथि इ-सेवा प्रालीका कार्यकारी अधिकृत अस्गर अली, डाक्टर सुमित्रा अमात्य, इन्जिनियर अनुप बास्कोटा, राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर हिरेन्द्रमान प्रधान, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर चन्द्रमणि अधिकारी, हिसानका अध्यक्ष रमेश सिलवाललगायतले टिप्पणी गर्दै रोजगारी सिर्जना गर्न राज्यले नै मास्टर प्यान बनाउन आवश्यक भएको बताएका थिए।

अनेस्ववियुका अध्यक्ष नविना लामाले ज्ञान र प्रविधिबाट मात्रै आजको उत्पादन सम्वन्धलाई गुणात्मक हिसावले वृद्धि गर्न सकिने बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.