एनआरएनले दियो ३ करोड बराबरको राहत

एनआरएनले दियो ३ करोड बराबरको राहत

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएन)ले तराईका बाढीपीडितलाई ३ करोड रुपैंयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। गृहमन्त्रालयसँग समन्वय गरी एनआरएनले ४ हजार ५ सय परिवारलाई ६ हजार रुपैँया बराबरको सामग्री वितरण गरेको हो।

 

खाद्यन्न, दाल, नुन, पाल, पानी सफा गर्ने पिउस लगायतका अत्यावस्यक सामाग्री प्रत्यक्ष पीडितसामु पुगेर बितरण गरेको एनआरएन अमेरिकाका डिआरसी एसी शेर्पाले बताए। क्यानडा, अमेरिका, हङकङ, अष्ट्रेलिया, कतार र रसियाबाट राहत वितरण गर्न प्रभावित क्षेत्रमा एनआरएन प्रतिनिधि पुगेका थिए।

सरकारले राहत वितरण एकद्धार प्रणालीबाट गर्ने भने पनि एनआरएनलाई भने गृहमन्त्रालयले समन्व्य गरी राहत वितरण गर्न अनुमती दिएको थियो। विदेशमा कर्म भूमि बनाए पनि नेपालीलाई समस्या पर्दा एनआरएनले राहतस्वरुप सहयोग गर्न सामाग्री सहित सिराहा,सप्तरी पुगेको अध्यक्ष घलेले बताए।

राहत वितरण प्रणालीमा जटिलता भएको र राजनैतिक कार्यकर्ताले सहयोगीहरुलाई समस्या बनाउने गरेको एनआरएनले गुनासो पोखे। हाम्रो पाटीले गरेको भन्ने जस्ता नारा लगाउने झण्डा देखाउने गरेको भन्दै यस्ता प्रबृतिको राज्यले अनुगमन गरी पीडितको पक्षमा राहत पुर्‍याउनु पर्ने माग राखेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.