ताईवानमा नेपाली खेलाडीको सम्मान
काठमाडौं: २९औं युनिभर्सियाड प्रतियोगितामा सहभागिताको लागि ताइवानको ताइपेइमा रहेका नेपाली खेलाडीला तथा अफिसियल टोलीलाई नेपाल ताईवान संघले सम्मान गरेको छ।
विभिन्न पेशा र व्यवसायमा ताइवानमा बसोबास गर्दै आईरहेका नेपालीले आफ्नो देशको खेलाडीलाई रात्री भोज सहित खेल पोशाख र खाता लगाएर सम्मान गरेका थिए।
कार्यक्रमका अवसरमा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज), उपाध्यक्ष डा. ज्ञानेन्द्र पौड्याल, महासचिव पूर्ण सिंह वोहराले नेपाल ताईवान संघका अध्यक्ष राजु गुरुङलाई मायाको चिनो पनि प्रदान गरेका थिए।
संघका सदस्य कपिल अधिकारीले सञ्चालन गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल ताईवान संघका अध्यक्ष राजु गुरुङले विभिन्न पेशा र व्यवसायमा ताईवान बसोबास गर्दै आईरहेका नेपालीहरुलाई एकिकृत गर्दै उनीहरुको हक अधिकारको सुरक्षा तथा अन्य आपत विपतको अवस्थामा सहयोग पुर्याउने उद्यश्यले स्थापित यस संघले आफ्नो मातृभूमिलाई पनि दुःख कष्टका साथ आर्जन गरेको केही रकमले सहयोग पुर्याउँदै आएको बताए।
विश्वका उक सय ५० देशको सहभागिता रहेको युनिभर्सियाड प्रतियोगितामा नेपालका १८ खेलाडीले विभिन्न स्पर्धामा भाग लिएका थिए।