नेपालीले बाँध काटेपछि भारतले नहरमा रोक्यो पानी, बिजुली उत्पादनमा हानी

नेपालीले बाँध काटेपछि भारतले नहरमा रोक्यो पानी, बिजुली उत्पादनमा हानी

त्रिवेणी (नवलपरासी) : डुबानमा परेको भन्दै स्थानीयले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम नहरमा पानी बन्द गरेको छ । पानी नभएका कारण अहिले गण्डक जलविद्युत गृहको विद्युत उत्पादन ठप्प छ ।

भारतीय पक्षले नहरमा निर्माण गरिएका साईफन र स्थानीय खोला सफा नगर्दा डुबानमा परेको भन्दै सुस्ता गाउँपालिका वडा नं. १ र २ का स्थानीयले १० दिन अघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका हुन् । जसका कारण भारतले उक्त नहरमा पानी बन्द गरेको हो ।

पश्चिम नहरबाट गएको पानीले गुठिसूर्यपुरामा रहेको गण्डक जलविद्युत गृहमा विद्युत उत्पादन हुने गर्दछ । १५ मेगावार्ट विद्युत उत्पादन हुने गृहमा अहिले ७ मेगावाट मात्र विद्युत उत्पादन हुँदै आएको छ । विद्युत उत्पादनसहित नहरबाट जाने पानीले पर्साहुँदै भारतको बिहारमा सिंचाई हुने गर्दछ । उत्पादन हुने विद्युत नेपालले उपभोग गर्दै आएको छ ।

डुबानमा परेर क्षति भएको धानसहित अन्य बालीको क्षतिपुर्ति नपाएसम्म नहरमा पानी आउन नदिने स्थानीयले चेतावनी दिएपछि भारतले पानी दिन छाडेको हो । स्थानीय राईपुरवा खोलाको कारण सुस्ताको छिवनी, फेचुवा, सत्पत्ति, महलवारी र हरखपुरा गाउँ डुबानमा परेको छ ।

डुबानबाट भएको क्षतिपुर्ति नपाएसम्म नहरको डिल पुर्न नदिने स्थानीय टुनाखर बस्यालले बताए । काटेको डिल नपुरेसम्म भारतले नहरमा पानी छाडेपनि प्रर्याप्त पानी जान नसक्दा विद्युत उत्पादन हुन नसक्ने गण्डक भूआर्जन जनसम्पर्क कार्यालय बाल्मिकिनगरका जनसम्पर्क अधिकारी सञ्जय मिश्रले बताए । स्थानीयको चेतावनीका कारण भारतले नहरमा पानी नदिएको उनले बताए । पानी नदिंदा १० दिनदेखि जलविद्युत गृहमा विद्युत उत्पादन बन्द भएको मिश्रले जानकारी दिए ।

पानी निकासका लागि गाउँमा निर्माण गरिएका ड्रेन सफा नगर्दा स्थानीय खोलामा आएको बाढीले डुबानमा परेको भन्दै आक्रोशित गाउँलेहरु दुई दुई पटक पश्चिम नहर भत्काईदिने भन्दै आक्रोशित बनेका थिए । त्यस क्रममा उनीहरुले बाँधको डिल काटेर कुलो बनाएका छन् ।

गाउँको पानी निकास नहर रहेको छ । पानी निकासका लागि गाउँमा सात वटा ड्रेन निर्माण गरिएको छ । पहिलो पटक नहर भत्काउन आएका स्थानीयका मागलाई पूरा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा भारतीय पक्षसँग बैठक बसेको थियो । सो बैठकमा डुबानले पु¥याएको बालीको क्षतिपुर्ति दिने सहमति गरेपनि भारतले नदिएको भन्दै स्थानीयहरुले पुनः बाँधको डिल काटेका हुन् ।

नहर नै भत्काईदिने भन्दै पुगेका स्थानीयहरु र प्रशासनबीच क्षतिपुर्ति संकलनका लागि समिति गठन गर्ने सहमति भएको छ । सोही सहमति अनुसार समितिले क्षतिको विवरण संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

क्षतिपूर्तिका लागि विवरण संकलन भएको र भारतीय पक्षले अहिले राईपुरवा खोलाको मर्मत एंव सफाई गरिरहेकाले तत्काल आउने पानीका कारण हुने डुबानको समस्या केही कमहुँदै जाने प्रजिअ रानामगरले बताए। भारतीय पक्षलाई उद्दृत गर्दै प्रजिअ रानामगरले आउँदो मार्च (फागुन) देखि सबै साईफनहरुको सफाई र मर्मत गरिने भएको बताए ।

डिसेम्बरपछि भारतमा नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले बजेट विनियोजन गरेर मार्चदेखि काम सुरु गर्न भारती अधिकारीले सहमति जनाएको बताउँदै प्रजिअ रानाले तत्काललाई डुबानको प्रमुख समस्याका रुपमा रहेको राईपुरवा खोलामा डोजर र एक्साभेटर लगाएर सफा गर्न थालिएको बताए ।

गाउँदेखि उत्तरबाट दक्षिण बगेका खोलाहरुको निकास नहुँदा वर्षेनी डुबानमा पर्दै आएको अर्का स्थानीय एकनारायण न्यौपानेले बताए । नहरका डिल भत्काउँदा पश्चिम नहरमा आउने पानी ठेलिएर गाउँतिर डुबान हुने देखिएको छ ।

बाँध काटेर नहरमा पुग्ने गरी बनाइएको कुलोबाट उल्टै गाउँमा पानी आउन सक्छ । जसरी पनि डुबानमा परिने भएकाले सदाका लागि समस्या समाधान गर्नका लागि भारतीयलाई दबाब दिन डिल काटेका हौं’स्थानीय युवा कृष्ण डुमले भने ।

 भारतीय पक्षसँग बिहिबार बैठक
डुबानका कारण क्षति पुगेको खाद्यन्नबालीको विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको छ । गण्डक सिँचाई डिभिजन कार्यालय सेमरीका प्रमुख दिपेन्द्र सहानीको अध्यक्षतामा आठ सदस्यीय क्षति मूल्यांकन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।

गठित समितिमा जिल्ला कृषि विकास कार्यालयलाई सदस्य सचिव तोकिएको छ । त्यसैगरी समितिको सदस्यमा प्रभावित वडाका दुई जना वडाअध्यक्षहरु, इलाका प्रशासन कार्यालय, जिल्ला पशु सेवा कार्यालयका एक/एक जना प्रतिनिधि र पीडित स्थानीहरुबाट दुई जना प्रतिनिधि सम्मिलित छन् । उक्त समितिले बुधबारसम्म क्षतिको विवरण संकलन गर्ने छ ।

क्षतिको विवरणसहित अन्य विषयमा छलफल गर्न बिहिबार जिल्ला प्रशासन कार्यालयमा भारतीय पक्षसँग बैठक बस्ने प्रशासनले जनाएको छ । डुबानका कारण २५ सय हेक्टरमा लगाएको धानसहित अन्यबाली गरी करिब तीन करोड बराबरको क्षति भएको स्थानीयले प्रारम्भिक अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.