अनाहकमा अठार दिन जेल सजाय !

अनाहकमा अठार दिन जेल सजाय !

काठमाडौँ: भनिन्छ 'नखाएको विष लाग्दैन, तर नखाएको विष लाग्यो भने के गर्ने त?' यस्तै आफ्नो आमाको क्यान्सरको उपचार गर्न भारतको सिलगुढीको एउटा अस्पताल पुगेका एक नेपाली युवकले नखाएको विष लागेको कारण उक्त अस्पतालको हाताबाट नै गिरफ्तारीमा पर्नुपरेको बताएका छन्।

 

सूर्योदय नगरपालिका-१० निवासी उदयहाङ फागोले कुनै अपराध नै नगरे पनि १८ दिन सिलगुढी जेलमा बन्दी जीवन बिताउनु परेको थियो। उनलाई भारतको पश्चिम बंगाल प्रहरीले दार्जिलिङ आन्दोलनलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै झुटा आरोप लगाएर पक्राउ गरेको हो।

मानव अधिकार परिषद् नेपालले आयोजना गरेको आजको पत्रकारसम्मलेनमा पीडित उदयहाङ फागोकी दिदी साधना फागोले सरकारले आफ्नो भाइलाई भारतीय प्रहरीले झुटा मुद्दा लगाएको विषयमा भारतसँग कुरा उठाइदिन आग्रह गरे।

पीडित उदयहाङ फागोले आफ्नो आमालाई क्यान्सरको उपचारका लागि सिलगुढी अस्पतालमा गएका बेला दार्जिलिङ आन्दोलनमा सहभागी भएको भन्दै आफूलाई झुटो आरोप लगाएर भारतीय प्रहरीले पक्राउ गरेर १८ दिनसम्म यातना दिएको बताए।

दुई मिनेटका लागि भनेर प्रहरीले पक्राउ गरेर लगे पनि आफूलाई अलमल्याएर भोलिपल्टसम्म प्रहरी हिरासतमा राखेर आफूविरुद्ध अदालतमा मुद्दा दायर गरेको उदयहाङले बताए।

अहिले पनि साधारण तारेखमा छुटाइएको भन्दै उदयकी दिदी साधनाले अब तारेख धाउन नजाने अडान लिँदै नेपाल सरकारले नै यसबारेमा अवगत गराउनुपर्छ भने।

सरकारलाई ध्यानाकर्षण गराउँदा पनि छुटाउनका लागि कुनै पहल नगरिएको उदयका दाजु शरण फागोले बताए। मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापाले आफ्नो पहलमा उदयलाई छुटाउन धेरै मिहिनेत गर्नु परेको तथा सामान्य प्रक्रिया पूरा गर्न पनि भारतले दुःख दिएको स्पष्ट पारे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.