जबरजस्ती धर्मपरिवर्तनप्रति आपत्ति

जबरजस्ती धर्मपरिवर्तनप्रति आपत्ति

काठमाडौं: पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले नेपालमा ‘गरिबलाई लोभ देखाएर धर्म परिवर्तन गराउने काम भइरहेको' बताएका छन्। उनले यो क्रम रोक्न देशभरका पण्डितसँग एकजुट भएर लाग्न आह्वानसमेत गरेका छन्।

भट्टले राजधानीमा सोमबार चौथो राष्ट्रिय पण्डित सम्मेलन उद्घाटन गर्दै प्रलोभनमा पारेर गरिने धर्म परिवर्तन तत्काल रोक्न माग गरे। सम्मेलन आयोजक राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराईले झुक्याएर, प्रलोभनमा पारेर, डरत्रास देखाएर धर्म परिवर्तन गराइरहेकामा आपत्ति जनाए।

उनले पछिल्ला वर्षमा बाह्य प्रभाव र आफ्नै कमजोरीका कारण पण्डितहरू निरीह हुनुपरेको उल्लेख गरे। सम्मेलनको दोस्रो दिन मंगलबार काठमाडौं घोषणापत्र जारी हुनेछ।

अन्नपूर्णकर्मी ढुंगाना सम्मानित
राष्ट्रिय धर्मसभा नेपालले अन्नपूर्ण पोस्ट्का वरिष्ठ संवाददाता गोपीकृष्ण ढुंगानालाई पुरस्कृत गरेको छ। सम्मेलनमा पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले १० हजार रुपैयाँ नगदसहितको ‘उमा-महेश्वर धर्मसभा पुरस्कार' ढुंगानालाई प्रदान गरेका हुन्।

सभाका अध्यक्ष प्राडा माधव भट्टराईले निरन्तर धर्म संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समाचार सम्प्रेषण गरेर योगदान पुर्‍याएबापत ढुंगानालाई पुरस्कृत गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.