'गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ'

'गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ'

काठमाडौं: गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ‘सर्वसाधारणले निर्धक्क भएर आफ्नो पेसा व्यवसाय गर्न पाउनुपर्छ', उनले भने, ‘कुनै पनि बहानामा हुने गुन्डागर्दी सरकारले नियन्त्रण गर्छ।'

 

सोमबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको अन्तरक्रियामा उनले कानुन नहुँदा प्राकृतिक प्रकोपपछिको व्यवस्थापनमा कठिनाइ भएको र सरकारले छिट्टै विपद व्यवस्थापन ऐन ल्याउने बताए।

प्राकृतिक प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापना सहज गराउन विपद व्यवस्थापन विधेयक सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले देशका भौगोलिक विशिष्टताअनुसार हिमाल, पहाड र तराईको अवस्था दृष्टिगत गरी कानुन निर्माण गर्न लागेको बताए।

मन्त्री श्रेष्ठले बाढी पहिरोपछि एकद्वार प्रणालीबाट वितरण गर्दा पीडितले सहज रूपमा राहत प्राप्त गरेको उनले बताए। मन्त्री श्रेष्ठले बाढी प्रभावित तराईका जिल्लामा राहत वितरण गर्नुका साथै पुनःस्थापनामा पनि सरकार गम्भीर रहेको बताए। ‘बाढी प्रभावित जिल्लामा दैनिक कहाँ कति राहत वितरण भयो ? जानकारी राखिएको छ', उनले भने, ‘कुनै समस्या भए पीडितले सिधै गृह मन्त्रालयको हटलाइनमा सम्पर्क गर्दा हुन्छ।'

रामेछाप जिल्लाको विकास निर्माणमा आफूले प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘रामेछापमा मुख्य सडक, विद्युतीकरण, जलविद्युत् आयोजना, खानेपानीको समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.