नेपालले बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्दै

नेपालले बंगलादेशसँग मैत्रीपूर्ण भलिबल खेल्दै

काठमाडौं: नेपाली राष्ट्रिय भलिबल टोलीले मंगलबार र बुधबार मैत्रीपूर्ण भलिबल खेल्ने भएको छ। लगनखेलस्थित आर्मीको कभर्डहलमा खेलिने मैत्रीपूर्ण खेललाई नेपालले स्तर सुधारको अवसरमा लिएको छ।

 

‘हामी बंगलादेशसँग राम्रो नतिजा निकाल्ने प्रयासमा छौं। मैत्रीपूर्ण सिरिज जित्ने टोलीको लक्ष्य हो। यस खेलले नेपालको स्तर सुधार हुने र आफ्ना कमजोरी पत्ता लगाउन ठूलो सहयोग मिल्नेछ', सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले भने।

हामीले पछिल्लो समय धेरै सकारात्मक नतिजा निकालेका छौं। नेदरल्यान्डका प्रशिक्षकको सहयोगले टोलीको कमजोरी सुधार गर्न सहयोग गरेको छ। तीन हप्ताको प्रशिक्षणले टिममा धेरै सुधार गर्न सकिन्न तर यो अवधिमा टोलीको कमजोर पक्ष रिसिभ र ब्लक सुधार गर्न केन्द्रित भएको पनि उनले बताए। नेपाल र बंगलादेशले पछिल्लोपटक दोस्रो एभीसी सेन्ट्रल जोन भलिबलमा आमनेसामने भएका थिए।

त्यो खेलमा नेपाल पराजित भएको थियो। नेपाली टोली कप्तान इम रानाले मैत्रीपूर्ण खेल भए पनि जितको खेल खेल्ने बताए। ‘हामीले सेन्ट्रल जोनमा बंगलादेशसँग हारेका थियौं। मैत्रीपूर्ण खेल भए पनि सेन्ट्रल जोनमा भोगेको हारको बदला लिने प्रयासमा गछौं। बंगलादेश र नेपालको स्तर समान भएकाले हामी जितका लागि खेल्नेछौं', रानाले भने।

रानाको नेतृत्वमा नेपालले बंगलादेशविरुद्ध पछिल्लो तीन खेल खेलेको छ। त्यसमा नेपालले दुई जित र एक हार खेपेको छ। नेपालले आइतबारमात्र डेनमार्कको ‘ए' डिभिजन क्लब भिलवोभालाई हराएको थियो। डेनिस क्लब विरुद्धको सफलताले पनि जित हासिल गर्न सहयोग गर्ने रानाले बताए।
बंगलादेशले पछिल्लो समय इरानी प्रशिक्षक अली पोअर एरोजीले नेपालसँग खेल्न खेल्न पाउनुलाई सुखद अनुभवका रूपमा लिएको बताए।

‘नेपाललाई हामीले यसअघिको खेलमा हराएका थियौं तर अहिले अवस्था फरक छ। नेपालले पछिल्लो समय राम्रो गरिरहेको छ। दुवै टिमको स्तर समान छ। हामी जित हासिल गर्ने कोसिस गर्छौं', अलीले भने।

बंगलादेशका कप्तान मोहमद इमरान हैदरले मैत्रीपूर्ण खेलका लागि पर्याप्त तयारी गर्न नपाए पनि जित्नका लागि खेल्ने बताए। ‘प्राविधिक कारणले खेलाडीको स्वास्थ्यमा केही असर गरेको छ। हामी त्यसबाट अगाडि बढ्दै नेपालसँग खेल्न तयार भइसकेका छौं। नेपालसँग मैले खेलेको छु। नेपालका केही खेलाडी राम्रा छन् । हामीले नेपाललाई कमजोर ठानेका छैनौं', हैदरले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.