बन्धक बनाएर गहना लुटपाट

बन्धक बनाएर गहना लुटपाट

जितपुर : लुटेरा समूहले बाराको जितपुरका शिवजी सोनारको घरबाट सोमबार राति १८ तोला सुन लुटपाट गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित ब्यस्त बजारमा रहेको सोनारको घरमा प्रवेश गर्दै ६ जनाको संख्यामा रहेको समूहले सोनारका पत्नी उर्मिलादेवी र छोरी लक्ष्मीलाई डोरीले बाधेर गहना र मोबाइल लुटपाट गरि फरार भएको हो ।

 

सोनार राष्ट्रिय जनता पार्टीका नगर संयोजक हुन् । जीतपुरमा भइरहेको गणेश चतुर्थी मेलाका संयोजक समेत रहेका सोनार घरमा नभएको मौका पारेर लुटेरा समूह घरमा पसेको थियो । सोनार मेलाका लागि राति ८.३० बजे निस्किएको १५ मिनेटपछि लुटेरा समूह घरमा प्रवेश गरेको परिवारको भनाई छ।


घरेलु हातहतियारसहित भित्र प्रवेश गरेका लुटेराले उर्मिलादेवी र लक्ष्मीलाई डोरीले बाँधेर मुखमा टेप लगाउदै बन्धक बनाएर सुनको हार र मोबाइल लुटेको थियो। लुटेरा समूहले हिन्दीमा कुरा गरेको उर्मिलादेवीले बताइन् ।

गहना लुटेलगत्तै सो समूह जीतपुर चोकमा रोकिराखिएको स्कोरपियो चढेर वीरगन्जतर्फ भागेका छन् । बजारमा गाडी तयारी अवस्थामा राखेर लुटेरा समूह घरभित्र प्रवेश गरेको देखिएको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिए । जीतपुरबजारमा रहेको सिसिटिभीमा लुटेरा भागेको दृश्य कैद भएपनि अध्यारो भएका कारण बुझ्न कठिन भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए । घटनालगत्तै प्रहरीले अनुसन्धान सुरु गरिसेकेको भन्दै कार्कीले लुटेराको खोजी भइरहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.