सुँगुरसँगै बगे महाराजका सपना

सुँगुरसँगै बगे महाराजका सपना

गौर: बाढीले आफूले पालेका सुँगुर बगाएपछि बिक्री गरेर छोराछोरीको स्कुलको शुल्क तिर्ने महाराज माझी मुसहरको सपना चकनाचुर भएको छ। रौतहटको साबिकको पिप्रा पोखरिया गाबिस ९ टिल्कीटोलस्थित गुजराखोला किनारको एैलानी जमिनमा बर्सौदेखि झुपडीमा बस्दै आएका ४० वर्षीय महाराजा मुसहर दुई सातादेखि चिन्तित छन् । चार महिनाअघि ३ हजारका दरले ९ हजार तिरर ल्याएका ३ वटा सुँगुर बाढीले बगाएको हो।

 

दुई वर्ष सरकारी विद्यालयमा छोराछोरी पढाउँदा पनि अक्षर नचिनेपछि गएको शैशाखमा उनले तीनजना छोराछोरीलाई पोखरियामा रहेको बोर्डिङ स्कुलमा भर्ना गरेका थिए।

सात वर्षका छोरा शंकर, ६ वर्षकी छोरी सुमित्रा र ४ वर्षका छोरा सुनीललाई भर्ना, पोसाक र किताब गरी त्यसबेला पाँच हजार खर्च गरेका थिए। महाराजाले भने, ‘महिनाको तीन सयका दरले बोर्डिङले पैसा मागेको छ, सुँगुर बेचेर दिने सोच थियो, सुँगुर नै बगायो।'

साउन ३० गते गुजरा खोला उर्लियो र किनारमा रहेको मुसहरको बसोवास रहेको टिल्मीटोलमा बाढी पस्यो। ‘छोराछोरी र श्रीमतीलाई सुरक्षित स्थानमा राखेर सुँगुर हेर्न आउँदा बगाइसकेछ', पीडित महाराजाले भने।

उनले सुँगुरको खोर देखाउँदै भने, ‘ठूलो बाढी आयो, पहिला बालबच्चा जोगाउनु कि सुँगुर? ' कात्तिकसम्म पढाइदिन बोर्डिङलाई आग्रह गर्न जाने उनले सोचेका छन् तर पहिलेदेखि कै पैसा मागिरहेकाले बोर्डिङले मान्छ भन्ने उनलाई लागेको छैन। निरक्षर महाराजालाई छोराछोरी पढाउने ठूलो इच्छा छ । उनले भने, ‘कात्तिकसम्म त कमाउन सक्छु होला नि।'

बोर्डिङमा पैसा तिर्न नसकेपछि उनका तीनैजना छोराछोरी अहिले पढ्न जान छाडेका छन्। शिक्षकले पैसा लिएर मात्रै स्कुल आउनु भनेकाले पढ्न नगाएको ७ वर्षीया शंकरले बताए। उनीहरूको तीन महिनाको शुल्क तिर्न बाँकी छ।

मुसहर जातिमा छोराछोरीलाई बोर्डिङमा पठाउने हिम्मत मधेसमा थोरैले मात्र गरेका छन्। महाराजकी श्रीमती तेतरीदेवीले भनिन्, ‘ श्रीमान्ले कमाएकोले खान पुग्दैन, सुँगुर बेचेर पढाउने चहाना थियो, त्यो पनि बाढीले बगाइदियो।' उक्त बस्तीमा पप्पु माझीका ४ वटा, जगदो माझीका २ वटा, नखुबु माझीका २ वटा, ब्रम्हेश्वर माझीका ४ वटा र भगल माझीका ३ वटा सुँगुर बाढीले बगाएको छ।

विद्यार्थीको किताबकापी पनि बाढीले बगाएको छ । लुगाफाटो केही छैन। घरमा खाने सामग्रीको अभाव छ। बाढी आएको दुई सातासम्म पनि मुसहर बस्तीमा राहत लिएर कुनै संघसंस्था पुगेका छैनन्।

बाढीले बस्तीका २७ घर मुसहर परिवार बिचल्लीमा छन्। बाढीले अधिकांश झुपडी भत्काएको छ। प्रहरी आएर नाम लेखेर गएको एक हप्ता बित्यो। त्यसपछि कोही नआएको पीडितको गुनासो छ। बाढी आउँदा बाँसको झ्याङमा चढेर ज्यान बचाएको पीडितले सुना। बस्तीमा बालबालिका, वृद्धवृद्धा तथा सुत्केरी बढी पीडित छन्। मुसहर बस्तीका दुई सयभन्दा बढीलाई खान र बस्न समस्या छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.