दार्चुलामा गौरा पर्वको रौनक (भिडियो)
दार्चुला : दार्चुलामा गौरा पर्व विशेष रुपमा मनाइदै छ । विशेष तीर्थस्थलको रुपमा परिचित मालिकाअर्जुन राष्ट्रको सातौँ तीर्थस्थल धाममा गौरा पर्व विशेष रुपमा मनाइएको छ । गौरा पर्वको अवसरमार कम्तिमा १५ हजार भक्तजनको सहभागीता रहेको र अहिलेसम्म भेटिमार्फत् करिब पाँच लाख संकलन भइसकेको मालिका अर्जुनका मुखिया रुद्रसिंह धामीले जानकारी दिए ।
गौराको अवसरमा गौराडाला नचाउने तयारी भइरहेको छ फल फड्कोको रौनकता छुट्टै हुने गरेको छ । फल फड्कोमा फलफुल फालिने र त्यसरी फालिएको फलफूल घरमा लगेर खाने गरिन्छ ।
यस्तो फलफूल खानाले सन्तान नहुनेका सन्तान हुने विश्वास यहाँका स्थानीयमा रहेको छ । मंगलबारदेखि सुरु भएको यो उत्सव १७ गतेसम्म चल्ने छ । आज महिला नाच्ने गर्छन् भने भोलि खेडी पर्व मनाइन्छ । जहाँ पुरुषहरु दमाह बजाएर आनन्द लिने गर्दछन्।