जहाँ भेडा हराउँथे,त्यहि भेटिए गणेश

जहाँ भेडा हराउँथे,त्यहि भेटिए गणेश


दुवाकोटा (भक्तपुर) ‘दैनिक एउटा भेडा हराउन थालेपछि गोठालाहरुले रहस्य खोजे । उनीहरुले थुम्कोमा रगतको छिटाहरु फेला पारे । त्यहि रगत भेटिएको ठाउँमा खनेर हेर्दा गणेशको सुड भेटिएछ । नेवारी भाषामा फै भनेको भेडा हुन्छ । त्यहि वेलादेखि फैटोका गणेशको नाम राखिएको रहेछ’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ स्थित कित्ता नम्बर ३९ (१) ग (२) रहेको रमणीय थुम्कोमा गणेश मन्दिरको इतिहास खोले मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम प्रधानले ।

 


प्रधानका अनुसार नौ फिट लम्बाई नौ फिट चौडाई भएको करीव २५ फिट अग्लो प्यागोडा शेलीमा निर्मित गणेश मन्दिर मल्लकालीन हुन सक्ने अनुमान गरिन्छ । ०७२ बैशाख १२ गतेको बिनाशकारी भुकम्प र त्यसपछि आएका पराकम्पले सो मन्दिरलाई पनि बाँकी राखेन । ०७३ मंसिर २६ गतेदेखि ज्योतिष बिधि अनुसार पूजा गरी मन्दिरलाई पूरानै शैलीमा पुननिर्माण गर्न थालिएको छ ।


स्वामी गोरखनाथ र कमलनयनाचार्यबाट ०७१ फागुन २५ उदघाटन गराइएको महायज्ञबाट संकलन भएको नगद तथा जिन्सी गरी करीव २५ लाख रुपैयाले अहिले पुननिर्माण भइरहेको प्रधानले बताए । त्यहि वेलादेखि सर्वसिद्धी फैटोका गणेशको नामाकरण गरिएको हो ।


मन्दिर परिसरलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । बनभोजस्थलका लागि समेत उपयोगी सो स्थान रमणीय पनि छ ।
थुम्कोको सीमा संरक्षण घेरा लगाएर रमणीय मन्दिरलाई आकर्षक बनाउन लागिएको प्रधानले बताए । सर्वसिद्धी फैटोका गणेश संरक्षण समितिका अध्यक्ष प्रधानले मनको इच्छा पूरा गर्ने बिश्वास गरिएको मन्दिरको संरक्षण र विकासका लागि सबै पक्षसँग सहयोगका लागि अपिल गरेका छन् ।

भक्तपुरको सल्लाघारीबाट उत्तरतिर दुईकिलोमिटर अगाडि बढेपछि मनको इच्छा पूरा गर्ने बिश्वास गरिएको फैटोका गणेश मन्दिरमा पुग्न सकिन्छ ।

पुजारी शंकर श्रेष्ठका अनुसार भक्तजनहरुको आकर्षण बढदै गएको छ । उनले भने ‘पहिले भन्दा धेरै भक्तजन आउने गर्छन ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.