भष्टाचारीको पक्षमा कानुन बन्दैन : थापा
चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले भष्टाचारीले निर्वाचनमा भाग लिन पाउने व्यवस्थाको विरुद्ध आफू उभिने बताएका छन् । नेता थापाले व्यवस्थापिका संसद्मा केही सांसदले भष्टाचारीले पनि चुनाव लड्न पाउनु पर्ने व्यवस्था ल्याउन लागेको भए पनि आफू त्यसविरुद्ध लाग्ने बताए ।
चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले भष्टाचारीलाई बचाउ गर्ने विधेयक रोक्न जस्तो सुकै मुल्य चुकाउन पछि नपर्ने उल्लेख गरेका छन् । थापाले भष्टाचारीले निर्वाचनमा भाग लिन पाउने गरी कसैले प्रस्ताव ल्याए त्यसका विरुद्ध उभिने प्रष्ट पारे ।
समाजसेवी गौरीदेवी प्रधानको ८३ औ जन्मदिनको अवसरमा आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै नेता थापाले समाजमा भष्टाचार ठहरिएकाहरु जनप्रतिनिधि हुनै नसक्ने दाबी गरे ।
सँगै पूर्व स्वास्थ्यमन्त्री थापाले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरी डा. गोविन्द केसीको माग पुरा गर्नुको विकल्प नभएको प्रष्ट पारेका छन् ।