उत्तरी म्यानमारमा आतंककारी आक्रमण, पाँचको मृत्यु

उत्तरी म्यानमारमा आतंककारी आक्रमण, पाँचको मृत्यु

याङ्गुन: म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ।म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो जानकारी दिएको समाचारमा जनाइएको छ।

 

करिब एक सयको सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले हातहतियारसहित सो आक्रमण गरेका छन।

माउङ्गताउ राज्यमा गत आइतबारबाट सोमबारसम्म सात वटा गाउँ र एउटा प्रहरी जाँच चौकीमा आगजनी गरिएको सरकारी स्रोतले जानकारी दिएको छ।

सरकारी वकिलको कार्यालका अधिकारीका अनुसार गत शुक्रबारबाट आतङ्ककारीहरुले समेत सहभागितामा भएका विभिन्न आक्रममणमा परी ११० व्यक्तिको मृत्यु भएको छ।

सो क्षेत्रमा अहिले पनि अवस्था निकै अशान्त रहेको पाइएको छ।प्रहरीले उक्त क्षेत्रमा निकै ठूलो संख्याका सुरक्षाकर्मी खटाइएको जनाएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.