सदभावनाका संस्थापक महामन्त्री माओवादीमा प्रवेश
धनुषा : जनकपुरमा भएको एक कार्यक्रममा सद्भावना पार्टीका महामन्त्री अनिस अन्सारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अन्सारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्दै अन्सारीले देशको हित चाहने, जनताको मुक्ति चाहने र मधेशको हितमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए ।
‘माओवादी केन्द्र नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन’, नेता अन्सारीले भने ‘सबैले अधिकारको कुरा गर्ने आँट गर्दैनथे। माओवादी नभएको भए देशको एकता पनि कठिन थियो।’
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि अन्य नेता, कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।