बाढी-पहिरोले नुवाकोटमा दुई करोड ५० लाखको क्षति

 बाढी-पहिरोले नुवाकोटमा दुई करोड ५० लाखको क्षति

नुवाकोट: नुवाकोटको पूर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिकामा वर्षा, बाढी र पहिरोले दुई करोड बराबरको क्षति पुर्‍याएको छ। जनप्रतिनिधि र जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्राविधिकहरुले प्रभावित क्षेत्रको अवलोकन गरी क्षतिको विवरण संकलन थालेका हुन्।

 

जिल्ला कृषि विकास कार्यालय नुवाकोटका अनुसार कृषि उब्जनी सहित सिँचाई, कुलो, खानेपानी, जमिनको कटानको क्षती विवरण संकलन थालिएको हो। संकलित क्षति विवरणका आधारमा कृषकहरुलाई क्षतिपुर्ती दिइने बताइएको छ।

शुक्रवार राति आएको अविरल वर्षाले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं. २ कविलास र वडा नं ५ भद्रुटारमा लगाइएको धान खेत नष्ट पारेको थियो। वर्षौदेखि खेती गरिदै आएको उर्बर जमिन अहिले बाढीको कारण बगरमा परिणत भएको छ।

खेतमा गरिएको सिंचाई र ५० घरपरिवारको खानपीन योजना ध्वस्त भएको छ। पिउने पानीको मुहान र पाइप वगाएका कारण पानीको हाहाकार भएको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिए।

बाढीका कारण कविलासको हर्रोबोटे, खोलेबगर, अम्बोटे, सिस्नेघारी, चारसय फाट, चालिसेको धान खेत नष्ट भएको छ। त्यस्तै भद्रुटारको डुडेवगर, बविसे, क्यामुने, पिप्लेबगर, खोलेबगरमा क्षति पुर्‍याएको स्थानीयहरुले बताएका छन्।

प्रारम्भिक अनुमान अनुसार खेत, सिञ्चाई र खानेपानीमा दुई करोड ५० लाख रुपैयाँ बरावारको क्षति भएको छ। खानेपानीको २५ वटा मुहान र सिञ्चाइका १५ वटा मुहान ध्वस्त भएको छ । खानेपानीको पाइप र सिञ्चाइको नहर पनि बाढीले लगेको छ।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपुर्वमा रहेको पञ्चकन्या गाउँपालिका वडा नं २ साविक कविलास गाविसमा आएको भिषण वर्षाको कारण कुडुल्ली खोलामा आएको बाढीले यत्ति धेरै क्षति पुर्‍याएको हो। बाढीले २ सय ५० रोपनी खेतीयोग्य जमिनलाई बगरमा परिणत भएको छ।

बाढीले त्यस क्षेत्रकै सबैभन्दा ठूलो गणखार सिञ्चाई आयोजनालाई पूर्ण क्षति बनाएको छ भने बस्ती समेत जोखिममा परेको पन्चकन्या गाउंपालिकाका अध्यक्ष रमेश तामाङले बताए।

उनले बाढीका कारण सानाठुला सिञ्चाई आयोजना, २ सय ५० रोपनी खेतीयोग्य जमिन र धान तथा तरकारी खेतीमा गरी दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.