भक्तपुरमा अन्तरविद्यालय कोकाकोला कप फुटबल हुने

भक्तपुरमा अन्तरविद्यालय कोकाकोला कप फुटबल हुने

भक्तपुर: कोका कोला कप अन्तरविद्यालय मध्यमाञ्चल क्षेत्रीय फुटबल प्रतियोगिता आइतबारदेखि भक्तपुरको माहेश्वरी खेल मैदानमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त प्रतियोगिताको छात्र तथा छात्रा दुवै विधाको खेलहरु भक्तपुरस्थित माहेश्वरी खेलमैदानमा गर्ने भएको हो।

 

आइतबारदेखि हुने प्रतियोगिताको लागि एन्फाले माहेश्वरी खेलमैदानको तयारी गरिरहेको छ। त्यसको भक्तपुर जिल्ला फुटबल संघलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ।

संघका पदाधिकारीहरु अहिले खेलमैदानको व्यवस्थापनमा लागिरहेका छन्। 'आइतबारदेखि हुने क्षेत्रीय प्रतियोगिताको लागि खेलमैदानको तयारी एवं व्यवस्थापन तीव्र गतिमा भइरहेको छ', संघका महासचिव योगेन्द्र खर्बुजाले भने, ‘खेलको टाइसीटसमेत आइसकेकाले हामी प्रतियोगिता सुरु हुने व्यग्र प्रतिक्षामा छौं।'

अघिल्लो वर्षसम्म एन्फाले क्षेत्रीय प्रतियोगिता काठमाडौंमै गर्दै आएको थियो। तर काठमाडौंमा मात्रै सीमित रहँदा यस वरपरका जिल्लामा खेलमैदान तथा अन्य पूर्वाधार विकास हुन नसकेपछि यस वर्षदेखि काठमाडौं बाहिर प्रतियोगिता गर्ने निष्कर्षमा पुगेको एन्फाले जनाएको छ।

एन्फाले भक्तपुर नगरपालिकासँग मिलेर माहेश्वरी खेलमैदानको स्तरोन्नतिसमेत गर्ने भएको छ । जुन क्षेत्रीय प्रतियोगिता त्यसको सुरुवात भएको भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखूले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताअन्तर्गत छात्रतर्फ काठमाडौं र ललितपुरबाहेक मध्यमाञ्चलका ६ जिल्ला र छात्रातर्फ तीन जिल्लाको सहभागिता रहेको छ। जिल्लामा भएको छनोट प्रतियोगितामा प्रथम भएका विद्यालयले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अध्यक्ष सुजखूले बताए।

छात्रतर्फ भक्तपुरको बाल विकास इंगलिस स्कुल, काभ्रेको नेपाल प्रहरी उच्च मावि, सिन्धुपाल्चोकको शारदा मावि उपाधिका लागि भिड्नेछन्।त्यस्तै दोलखको द राइजिंग स्कुल, नुवाकोटको अर्किड एकेडेमी र धादिंगको श्री महाकाली मावि छनोट भएर आएका छन्।

छात्रतर्फ काभ्रेको नेपाल प्रहरी उच्च मावि, सिन्धुपाल्चोकको सेतीदेवी शारदा मावि र धादिंगको आदर्श मावि छनोट भएर आएका छन्।सीधै नकआउटको आधारमा हुने प्रतियोगिता भदौ १९ गतेसम्म हुने एन्फाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.