बाढी प्रभावित क्षेत्रका बालबालिका कुपोषित
बर्दिया : बाढी प्रभावित क्षेत्रका वालवालिकाहरु कुपोषित भएको पाईएको छ । विश्व खाद्य कार्यक्रम (डव्लुएफपी) ले खाद्य सुरक्षा सञ्जाल बर्दियाको एक कार्यक्रममा सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार बर्दियाका वाढी प्रभावित क्षेत्रका वालवालिकाहरु कुपोषित भएको पाईएको हो ।
खाद्य सुरक्षा चरण वर्गिकरण लगायत वाढी प्रभावित क्षेत्रका वालवालिकाको स्थलगत सर्भेक्षणबाट जिल्लामा एक हजार ८० वालवालिकाहरु कुपोषित भेटिएको विश्व खाद्य कार्यक्रम मध्यपश्चिमाञ्चल क्षेत्रीय संयोजक यज्ञ पुनले वताए । उनले भने ‘प्रत्यक्ष मापन प्रणालीबाट धेरै वालवालिकाहरु कुपोषित रहेको पाईएको छ ।’
खाद्य सुरक्षा चरण वर्गिकरण अनुसार वाढीपछिको जिल्लाको खाद्य सुरक्षा अवस्था विश्लेषण गर्दा गुलरिया नगरपालिकाका आठ वटा वडा र बा¥हबर्दिया नगरपालिकाका ६ वटा वडाहरु उच्चतम खाद्य असुरक्षित देखिएको छ । वाँकी वडाहरु मध्यम र न्यूनतम खाद्य असुरक्षित देखिएको हो ।
उनले थपे ‘हामीले बर्दिया जिल्लालाई तीन वटा क्लष्टरमा विभाजित गरी खाद्य सुरक्षा अवस्था विश्लेषण गरेका हौ ।’ उच्चतम खाद्य असुरक्षित वार्डहरु क्लष्टर एकमा, मध्यमस्तरिय खाद्य असुरक्षित वार्डहरु क्लष्टर दुईमा र न्यूनतम खाद्यअसुरक्षित वार्डहरु क्लष्टर तीनमा गरी विभाजन गरिएको उनले प्रष्ट्याए ।
पुनले अगाडी भने ‘खाद्य सुरक्षा चरण वर्गिकरण अनुसार चरण एकमा ८० प्रतिशत भन्दा माथी, चरण दुई मा ६०–८० प्रतिशत र चरण तीनमा ४०–६० प्रतिशत घरधुरी आधारभुत खाद्यान्न परिपुर्ति गर्न सक्षम रहन्छन् ।’ डव्लुएफपीको प्रारम्भिक तथ्यांक अनुसार बर्दियाको गुलरिया नगरपालिकाका आठ वटा वडा र बा¥हबर्दिया नगरपालिकाका ६ वटा वडाहरुका स्थानिय ५० प्रतिशत खाद्यान्न परिपुर्ति गर्न असक्षम देखिएका छन् ।
बर्दियामा वाढीपूर्व सूचना प्रणाली सशक्त भएकोले मानवीय क्षति कम भएको खाद्य सुरक्षा सञ्जाल बर्दियाका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एमसीले वताए । उनले भने ‘मानविय क्षति कम भएपनि भौतिक पूर्वाधार क्षति धेरै भएको छ ।’ जिल्लाका वाढी प्रभावित क्षेत्रका वालवालिकाहरु कुपोषित देखिनु दुःखद भएको वताए ।
उनले थपे ‘कुपोषित वालवालिकाहरुका लागि पोषणयुक्त खानेकुरा सहयोग गर्न दातृ निकायहरुसँग अनुरोध गर्छु ।’ जिल्लामा खाद्य संकट नआउने वताउँदै वाढी प्रभावित क्षेत्रहरुमा खाद्यान्न राहत पुर्याउन दैवी प्रकोप उद्धार समिति बर्दिया सक्रिय रहेको उनले वताए । जिल्ला गरिने तथ्यांङक संकलन कार्य वास्तविक गर्न उनले अनुरोध गरे ।