जनकपुरमा माधव नेपाललाई राजपाका कार्यकर्ताको कुचो...

जनकपुरमा माधव नेपाललाई राजपाका कार्यकर्ताको कुचो...

जनकपुरधाम : स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा (एमाले) द्वारा आयोजित चुनावी सभामा राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ता अवरोध गरेका छन् ।  प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जनकपुर आइपुगेका एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपाका कार्यकर्ताले कुचो देखाउँदै विरोध गरेका थिए ।

स्थानीय पिडाडी चोकमा आयोजित कार्यकर्ता भेलामा सहभागी हुने कार्यक्रम स्थल पुग्ने बेला राजपाका कार्यकर्ताले नेता नेपाललाई कालो झण्डा र कुचो देखाउदै विरोधमा नाराबाजी सुरु गरेपछि केहीबेर झडपको अवस्था सृजना भएको थियो ।

संविधान संशोधनको विपक्षमा मतदान गरेर संशोधन विधेयक विफल बनाउनमा प्रमुख भूमिका निर्वाह गरेको एमाले मधेस विरोधी पार्टी रहेको भन्दै राजपाका नेता कार्यकर्ताहरुले नेता नेपालको विरोध गरेका हुन् । एमालेलाई मधेसबाट धपाउनु पर्छ भन्दै राजपा कार्यकर्ताहरुले पार्टीको विरोधमा चर्को नाराबाजी समेत गरे ।

नेता नेपाल चढेको गाडीमा राजपा कार्यकर्ताहरुले ढुंगामुढा समेत गरेका थिए । कार्यक्रम स्थलमा ढुंगामुढा हुन थालेपछि प्रहरीले हस्तक्षेप गर्दा राजपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो ।

झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट राजपाका आधा दर्जन कार्यकर्ता घाइते भएको राजपा नेता परमेश्वर साहले जानकारी गराएका छन् । स्थिति तनावपूर्ण भएपछि कार्यक्रमस्थलमा व्यापक मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको हो । तनाव बढेपछि प्रहरीले कार्यक्रमस्थलमा घेराबन्दी गरी एमालेको कार्यक्रमलाई सञ्चालित गराएको थियो । राजपा कार्यकर्ताले एमालेको विरोधमा रामानन्द चोकमा टायर समेत बालेर प्रर्दशन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.