माधव नेपाललाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन

माधव नेपाललाई २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत काम गरेको ठहर गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सोमबार वीरगञ्जमा घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएको हुँदा आयोगको बैठकले यस्तो निर्देशन दिएकोे अयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले बताए ।

राजपालाई सचेत
निर्वाचन आयोगले असोज २ मा तय भएको प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा जनकपुरमा पुगेका नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध लक्षित गरी कालो झण्डा देखाउनुका साथै ढुंगा प्रहारसमेत भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

उक्त घटनामा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता संलग्न रहेको पाइएको हुँदा स्वतन्त्ररुपमा निर्वाचन प्रचार प्रसार गर्न पाउने अधिकारको सम्मान गर्न र अगामी दिनमा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न आयोगले राजपालाई सचेत गराएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.