मोटरसाइकल दुर्घटना हुँदा दुई सहसेनानीसहित तीन घाइते

मोटरसाइकल दुर्घटना हुँदा दुई सहसेनानीसहित तीन घाइते

पथलैया : बाराको अमलेखगञ्जमा मंगलबार साँझ टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका दुई अधिकृतसहित तीन गम्भीर घाइते भएका छन् ।वीरगंजबाट हेटौँडा तर्फ हिँडेको ना १ ज १९२० नम्बरको टाटासुमोले विपरित दिशाबाट आउँदै गरेको बा ५० प ९४६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अमलेखगन्जस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा कार्यरत सह सेनानीद्वय ललितपुरका वीरेन्द्र राउत र सिन्धुली कपिलाकोटका मनोजकुमार थापा घाइते भएका हुन् ।

 दुर्घटनामा टाटासुमोमा सवार यात्रु मकवानपुर बसामाडीका बलराम सुनार समेत घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिए ।

घाइते सबैको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुबै सहसेनानीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनापछि टाटासुमोका चालक फरार भएका छन् । मोटरसाइकल र सुमोलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.