नेपाल इन्जिनियरिङ कलेज जोगाउन विद्यार्थीद्वारा हस्ताक्षर संकलन

नेपाल इन्जिनियरिङ कलेज जोगाउन विद्यार्थीद्वारा हस्ताक्षर संकलन

भक्तपुर : गैरनाफामूलक संस्थाको रूपमा सञ्चालनमा आएको भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित नेपाल इञ्जिनियरिङ कलेज (नेक) जोगाउन माग गर्दै अध्ययनरत विद्यार्थीले हस्ताक्षर संकलन गरेका छन् । कलेजमा अध्ययनरत करिब दुई हजार विद्यार्थीले कलेजलाई निजीकरण हुनबाट जोगाई आफूहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् ।

पोखरा विश्वविद्यालयको सम्बन्धन नटुटाउन र हजारौं विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा नपार्न विद्यार्थीले चेतावनी दिएका छन् । संकलित हस्ताक्षर भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई समेत बुझाइएको छ ।

उनीहरूले निजीकरण रोकी नेकलाई गैरनाफामूलक संस्थाकै रूपमा कायम गर्न प्रजिअको ध्यानाकर्षण गरेका छन् ।‘नेपाल इन्जिनियरिङ कलेजबारे थुप्रै कुरा मिडियामार्फत बाहिर आइसकेको छ । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुर, संस्था ऐन २०३४ को दफा ४ बमोजिम मिति ०६० भाद्र ४ गते दर्ता नं. ५५२ कायम भई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएर सञ्चालन भइरहेको गैरनाफामूलक सामाजिक संस्था हो ।

तर, हाल आएर निजीकरण गर्ने, नाफा बाँड्ने, प्राइभेट कम्पनी बनाई पोखरा विश्वविद्यालयको सम्बन्धन टुटाउने र मध्य पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिनेजस्ता गलत कार्य भइरहेको विषय बाहिर आइसकेको छ', प्रजिअलाई बुझाइएको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस किसिमका गलत कार्यबाट लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने हुँदा, यस्ता गलत कार्य तत्काल बन्द गरी कलेजलाई गैरनाफामूलक संस्थाकै रूपमा कायम गरी विद्यार्थीको भविष्य सुनिश्चित गर्न यहाँको कार्यालयबाट निर्देशन जारी गरी कार्यान्वयन गराउन जोडदार माग गर्दछौं ।'

कांग्रेस समर्थित नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं पोखरा विश्वविद्यालय संयोजक नवराज त्रिपाठी, एमाले समर्थित अखिलका आद्रता रेग्मीलगायत नेतृत्वको विद्यार्थीहरूको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई संकलित हस्ताक्षर हस्तान्तरण गरेको थियो । उक्त अवसरमा प्रजिअ पोखरेलले भक्तपुर प्रशासनमा संस्था दर्ता गरेपछि हालसम्म विधिवत रूपमा नवीकरण नगरिएको जानकारी दिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै कलेजबारे अनुसन्धान सुरु गरिसकेकाले केही न केही निष्कर्ष आउने विश्वास दिलाए ।

प्रजिअ पोखरेलले स्थानीय प्रशासनको तर्फबाट पनि आवश्यक कानुनी कारबाही अघि बढाउने आश्वासन दिएको विद्यार्थी नेता त्रिपाठीले जानकारी दिए ।
कलेजका सञ्चालक अध्यक्ष लम्बोदर न्यौपानेले गैरनाफामूलक संस्थाको सम्पत्ति निजीकरण गर्दै सञ्चालकहरूलाई बाँडफाँट गर्न खोजेपछि केही सञ्चालकले नै अख्तियार र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिइसकेका छन् । सोही उजुरीका आधारमा अख्तियारले नेकसम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.