सुदूरपश्चिममा गौराको उल्लास

सुदूरपश्चिममा गौराको उल्लास

धनगढी : सुदूरपश्चिममा विशेष धार्मिक तथा सांस्कृतिक पर्व ‘गौरा'को उल्लास छाएको छ । मंगलबार गौराको मुख्य दिन अर्थात् गौराष्टमी, महिला व्रत बसेर बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजामा व्यस्त थिए । गौराष्टमीका दिन साँझपख अभिषेक गरेर दूबोधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने प्रचलन छ । पञ्चमीको दिन पञ्चअनाज गहत, मास, गुरौंस, गहु र केराउ भिजाएर तयार पारिएको बिरुडाले गौराष्टमीका दिन गौरीको पूजन गरिन्छ । त्यही पञ्च बिरुडाले आफन्तहरूको टाउको पूजन गरिन्छ । टाउको पूजनपछि घरपरिवारमा सुखशान्ति छाउने र दीर्घायु हुने धार्मिक विश्वास रहेको धनगढी हसनपुरकी भागीरथी भट्टले बताइन् ।

बिरुडा भिजाएर भाद्र पञ्चमीको दिनबाट हुने गौरा गाउँअनुसार कम्तीमा पाँच दिनदेखि त्यसभन्दा बढी दिनसम्म पनि मनाउने चलन छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका साथै धनगढी आसपासका क्षेत्रमा पनि गौरा उल्लासका साथ मनाइएको छ । धनगढीको नैनादेवी भगवती मन्दिरमा गौराको पूजा सकाएर महिलाले देउडा खेलेका छन् भने स्थानीय वनदेवी मन्दिर, शिवपुरीधाममा पनि गौरा पर्व मनाएर देउडा खेलिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कैलाली र युवा विकास केन्द्रले धनगढीमा गौरा महोत्सव आयोजना गरेको छ ।

बुधबारदेखि तीन दिनसम्म गौरा महोत्सव चल्नेछ । गौराका अवसरमा पुरुष र महिलाबीच देउडा प्रतियोगिता हुनेछ । यसपालि प्रथम र द्वितीय हुनेलाई पुरस्कार दिइने महोत्सव आयोजक समितिका संयोजक तथा युवा विकास केन्द्र कैलालीका अध्यक्ष युवराज जोशीले बताए । तीन दिनसम्म चल्ने देउडा प्रतियोगितामा सुदूर र मध्यपश्चिमका १५ वटा टिमले सहभागिता जनाउने छन् । डोटेली संस्कृतिमा सबै शुभ कार्यमा गाइने फाग र माँगल गाएर गौरा पर्वको शुभारम्भदेखि सेलाउँदासम्मको सम्पूर्ण गतिविधिलाई समेटिन्छ ।

गौरा पर्वमा गाइने फागमा शिव र पार्वर्तीको वार्तालापलाई समेटिएको हुन्छ भने उनीहरूबीचको प्रेमप्रसंग पनि फागमा समावेश गरिएको हुन्छ । गौरा पर्वको प्रमुख आकर्षणका रूपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तीखो व्यंग्य गर्ने गरिन्छ । सुदूरपश्चिममा दसैंभन्दा पनि महŒवका साथ मनाइने गौरा पर्वलाई एकताको पर्वका रूपमा समेत लिइन्छ । गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु‍¥याउनेमात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । मंगलबार राजधानीमा बस्दै आएका सुदूरपश्चिमवासीले काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाएका छन् । यस दिन सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.