रुसी टेनिस सुन्दरीको उत्कृष्ट पुनरागमन

रुसी टेनिस सुन्दरीको उत्कृष्ट पुनरागमन

न्युयोर्क : रुसी टेनिस सुन्दरी मारिया सारापोभाले ग्रान्डस्लाम प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेकी छन् । यूएस ओपनको मंगलबार खेलिएको महिला एकलतर्फको पहिलो चरणको खेलमा सारापोभाले विश्व नम्बर २ वरीयतामा रहेकी रोमानियन खेलाडी सिमोना हालेपलाई ६-४, ४-६, ६-३ अंकले पाखा लगाइन् । उक्त खेल हेर्न करिब २४ हजार दर्शक उपस्थित थिए ।

प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको आरोपमा १५ महिना लामो प्रतिबन्ध भोगेर कोर्टमा फर्किएयता ३० वर्षीया सारापोभाले खेलेको यो पहिलो ग्रान्डस्लाम प्रतियोगिता हो । सन् २००६ को यूएस ओपन च्याम्पियन सारापोभाले वाइल्ड कार्डमार्फत प्रतियोगितामा सहभागिता जनाएकी हुन् । उनी पूर्वविश्व नम्बर १ खेलाडी पनि हुन् । हालेपलाई हराउन सारापोभाले दुई घन्टा ४४ मिनेट समय खर्चिइन् । हालेपविरुद्घ हालसम्म खेलिएका सातवटै खेलमा सारापोभाले जित हात पारेकी छन् । उनले अब दोस्रो चरणमा हंगेरीकी टिमिया बाबोससँग प्रतिस्पर्धा गर्नेछिन् ।

 

सारापोभासँगै स्पेनकी गार्बिन मुगुरुजा, डेनमार्ककी क्यारोलिन वजनिएस्की र अमेरिकाकी भेनस विलियम्स पनि आआफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन् । तेस्रो वरीयताकी मुगुरुजाले अमेरिकाकी भार्भरा लेप्चेन्कोलाई ६-०, ६-३ र पाँचौं वरीयताकी वजनिएस्कीले रोमानियाकी मिहेला बुजार्नेस्कुलाई ६-१, ७-५ अंकले हराए । नवौं वरीयताकी अनुभवी खेलाडी भेनसले स्लोभाकियाकी भिक्टोरिया कुजमोभालाई ६-३, ३-६, ६-२ ले पाखा लगाइन्।

ब्रिटेनकी योहाना कोन्टा र हेथर वाट्सन तथा सर्बियाकी एलेना यान्कोभिच भने पहिलो चरणको खेलमै पराजित भएका छन् । सातौं वरीयतामा आसीन प्रभावशाली खेलाडी कोन्टालाई सर्बियाकी एलेक्जेन्ड्रा क्रुनिचले ४-६, ६-३, ६-४ ले हराइन् । चेक गणतन्त्रकी पेत्रा भितोभाले यान्कोभिचलाई ७-५, ७-५ को सोझो सेटमा पाखा लगाइन् । रुसकी एकातेरिना माकारोभा, स्पेनकी कार्ला स्वारेज नाभारो, फ्रान्सकी क्लोरोलिन गार्सिया, जर्मनीकी जुलिया जर्जेस र चीनकी पेङ सुई भने प्रतियोगिताको दोस्रो चरणमा पुग्न सफल भए ।

यसैगरी पुरुष एकलतर्फ क्रोएसियाका मारिन सिलिच, अमेरिकाका जोन इस्नर र साम क्वेरी तथा अस्ट्रेलियाका जोर्डन थम्पसन दोस्रो चरणमा पुगे । अमेरिकाका ज्याक सक, नेदरल्यान्ड्सका रोविन हास र स्पेनका डेभिड फेरर भने पहिलो चरणमै पराजित भए । लग्जम्बर्गका गिल्स मुल्लर, दक्षिण अफ्रिकाका केभिन एन्डर्सन र फ्रान्सका जो विल्फ्राइड सोंगा भने दोस्रो चरणमा प्रवेश गर्न सफल भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.