अन्‍नपूर्ण ‘सम्पूर्ण’ सार्वजनिक

अन्‍नपूर्ण   ‘सम्पूर्ण’ सार्वजनिक

काठमाडौं : नेपाल न्यूज नेटवर्क इन्टरनेशन प्रालिले मनोरञ्जनात्मक साप्ताहिक पत्रिका ‘अन्नपूर्ण सम्पूर्ण’ सार्वजनिक गरेको छ । बुधबार अन्नपूर्णको कार्यालय कर्पोरेट टावर तीनकुनेमा आयोजित विषेश कार्याक्रममा अन्नपूर्ण नेटवर्कका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामेश्वर थापाले ‘अन्नपूर्ण सम्पूर्ण’ सार्वजनिक गरेका हुन् । ‘अन्नपूर्ण सम्पूर्ण’ साताको बिहीबार प्रकाशन हुनेछ ।

 

कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्ण मिडिया नेटवर्कले एकपछि अर्को सफलता प्राप्त गरिरहेको बताए । ‘अन्नपूर्णको सफलताको प्रतिफल स्वरुप एक नयाँ सदस्यको जन्म भएको छ, यो खुसीको कुरा हो’ अध्यक्ष थापाले भने, ‘पाठकको चाहना अनुसार नयाँ खालको प्रकाशन सुरुवात गर्न सकेकोमा खुसी लागेको छ ।’

अध्यक्ष थापाले अन्नपूर्ण सम्पूर्णको टिमलाई स्वागत गर्दै नयाँ प्रकाशन सुरुवातमा सक्रिय भएको प्रति आभार व्यक्त गरे । सम्पूर्णमा मनोरञ्जनात्मक मात्रै नभएर नाम जस्तै सबै स्वादका सामाग्री समावेश हुने विश्वास थापाको छ ।

कार्यक्रममा सम्पूर्णका सम्पादक राजन नेपालले प्रतिस्पर्धी बजारमा पाठकको मन जितेर स्थापित हुनसक्नु चुनौती रहेपनि सामना गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।  अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत ‘अन्नपूर्ण पोस्ट्’ दैनिक, ‘अन्नपूर्ण टुडे’ म्यागाजिन प्रकाशन हुँदै आएका छन् । प्रसारणतर्फ ‘रेडियो अन्नपूर्ण’, ‘एपीवान एचडी टेलिभिजन’ र अनलाइन ‘अन्नपूर्ण पोस्ट् डटकम’ सञ्चालनमा छन् ।

कार्यक्रममा अन्नपूणका निर्देशक सचन थापा, सिइयो सञ्जयचन्द्र बस्नेत, एपीवान टेलिभिजनका निर्देशक लक्ष्मी पौडेल, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर ठाकुर बेल्बासे, अन्नपूर्णका समाचार सम्पादक विकास थापा, अन्नपूर्ण टुडेका सम्पादक बसन्त बस्नेत, एचआर प्रमुख सुदमकुमार सिजापति, मार्केटिङ प्रमुख मानस घिमिरे, वितरण विभागका प्रमुख राम भट्टराईसहित सम्पूर्ण अन्नपूर्णकर्मीको उपस्थिति थियो ।

sampurna1

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.