बेलायती प्रधानमन्त्री 'मे' जापानमा
टोकियो : बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गरेकी छिन् । उनले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गरेको बताइएको छ । उनी बुधबार ओसाका आइपुगेकी छिन् । उनी यसपछि मात्र जापानको राजधानी टोकियो जाने कार्यक्रम रहेको छ । मे विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ भ्रमण गरेको बताइएको छ ।
तीन दिने भ्रमणका क्रममा मे तीन दिनसम्म नै जापानिस्थित टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुने ओसाकाबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उनले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र यहाँका सम्राट अकिहितोसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पनि समाचारमा जनाइएको छ । बेलायतमा एक हजार भन्दा बढी कम्पनीले जापानमा उत्पादनको काम गरिरहेका छन् । त्यसैगरी त्यहाँ १ लाख ४० हजार जति जापानी पनि विभिन्न रोजगारमा संलग्न रही आएका छन् ।
यीमध्ये टोयोटा लगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन् । उनीहरुको यहाँको उत्पादन जापानी बजारमा गरिने तथा निकासी पनि हुने गरेको छ । जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन् ।
जापानका प्रधानमन्त्री आबेले यसैबर्ष बेलायतको भ्रमण गरेका थिए । सो भ्रमणमा उनले जापान र बेलायत ब्यापारको परिमाणलाई बढाउने उपाएबारे कुराकानी गरेका थिए ।
उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले जापानको भ्रमण सुरू गरेकी हुन्। मेले जापान पुगेपछि उत्तर कोरियाको सो कार्य निन्दनीय भएको प्रतिक्रिया दिएकी छिन् ।
उनले अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापका बिरुद्धमा जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।
बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ । यस्तो अवस्थामा मेले विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । रासस/एएफपी