नेपाल-पाकिस्तान सीधा हवाई मार्ग सञ्चालनमा आउने
काठमाडौं : नेपाल र पाकिस्तानबीच सीधा हवाई मार्ग सञ्चालनमा आउने भएको छ। बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा पाकिस्तानी राजदूत मजहर जावेदबीच यो विषयमा छलफल भएको हो।
भेटवार्तामा राजदूत जावेदले पाकिस्तान नेपालबीच हवाई मार्ग सञ्चालनमा ल्याउने विषयलाई आफ्नो सरकार समक्षा प्राथमिकताका साथ राख्ने बताए। उनले आपसी सहयोग र द्विपक्षीय हितका विषयमा अझ सबल बनाउदै जानुपर्नेमा समेत जोड दिए। भेटवार्तामा परराष्ट्रमन्त्री महराले दुई देशबीचको हवाई मार्ग जोडिनुपर्ने बताउँदै त्यसका लागि दुवै पक्षले पहल गर्नुपर्ने बताएका थिए।
द्विपक्षीय परामर्श संयन्त्रमार्फत आपसी सहयोग र सम्बन्धलाई अझ प्रगाढ बनाउन सके सम्बन्ध अझ प्रगाढ हुने विश्वास मन्त्री महराको छ। मन्त्री महराले दक्षिण एसियाली मुलुक पाकिस्तानसँग सधैं सुमधुर सम्बन्ध रही आएको भन्दै यसलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।