डाक्टरहरु हडतालमा उत्रिएपछि बिरामीको बिचल्ली

डाक्टरहरु हडतालमा उत्रिएपछि बिरामीको बिचल्ली

वीरगन्ज: चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा डाक्टरहरु हड्तालमा उत्रिएपछि नारायणी उपक्षेत्रीय अस्पतालमा बिरामीहरुको बिजोग भएको छ।वीरगन्जका नीजी अस्पताल र क्लिनीकका डाक्टरहरु प्रदर्शनमा उत्रिएपछि विरामीको विजोग भएको हो।

 

सदरमुकामदेखि झण्डै २५ किलोमिटर टाढा रहेको बसडिल्वा गाँउबाट उपचारका लागि आइपुगेकी ६० वर्षीय वृद्धा लालपरीदेवी दुसादले उपचार गर्न कोही चिकित्सक नभेटिएको गुनासो गरिन्। उनले भनिन्, ' करीब २५ किलोमिटर टाढा रहेको बसडिल्वा गाँउबाट बिहानदेखि हिडेर मध्‍यान्ह नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि आए। तर यहाँ कोही पनि डाक्टरहरु नभेटेपछि घर फर्किदैछु।'

उनले दुखेसो पोख्‍दै भनिन्, 'गरिब दुखीहरुको सस्तोमा उपचार हुन्छ भनेर सुनेर यहाँको आए। तर डाक्टरहरु नै हडतालमा छन् भन्ने थाहा पाए।' घर फर्किदै गरेकी लालपरी देवीले भनिन्, 'डाक्टरहरुको हडताल कहिले खुल्छ त्यो पनि ठेकान नै छैन रे, आउँदा जादा मात्रै गाडीभाडा तीन सय रुपैया खर्च लाग्ने भयो, अब फेरि आउदा तीन सय खर्च लाग्छ।

कुटपिटको विरोधमा चिकित्सकहरुले वीरगन्जका सरकारी तथा नीजी अस्पताल, क्लिनिक र नर्सिङ होमहरु बुधबारदेखि बन्द गरेका छन् भने उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा बुधबार आएका लालपरी देवी जस्तै सयौं बिरामीहरु उपचार नै नगराइ घर फर्कन बाध्य भएका छन्।

सदरमुकाम वीरगन्जमा रहेको एक मात्र सरकारी अस्पताल नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक ६ देखि आठ सय बिरामीहरु उपचारका लागि आउने गरेका छन्।तर बुधबारदेखि चिकित्सकहरु उपचार सेवा नै ठप्प पारेर आन्दोलनमा उत्रिएका कारण उपचारका लागि आएका बिरामीहरु अलपत्र परेका छन्।

ज्वरोले सिकिस्त २८ वर्षीय छोरा किशोर साहलाइ उपचारका लागि बुधबार नारायणी उपक्षेत्रीय अस्पतालमा आइपुगेकी पर्सा डोकैला बहुअरीकी बृद्धा तिरुपती देवी चिकित्सकहरु हडतालमा रहेको थाहा पाएपछि निजी क्लिनिकमा जाने तरखर गर्दै थिइन्।तर स्थानीय औषधि पसेलेले नीजी अस्पताल र क्लिनीकहरु पनि बन्द रहेको जानकारी दिएपछि अनुहार निन्याउरो पारेर तिरुपति देवी घर फर्किन बिरामी छोरालाइ रिक्सामा चढाएर गाडी चढ्न घण्टारघर तिर लागिन्।

'डाक्टर भनेका भगवान हुन् भन्थे ,तर उनीहरु त ज्यानमार जस्तै बनेका छन्, बिरामी छोराको उपचार नै गराउन नपाएपछि घर फर्किन लागेको अवस्थामा भेटिएकी तिरुपति देवीले आक्रोश पोख्द भनिन् ,'एक जना डाक्टर कुटिएका कारण साराका सारा डाक्टरहरु हडतालमा उत्रनु एकदमै नाजायज हो।'

गत शनिवार वीरगन्जको एडभान्स हस्पिटलमा चिकित्सक डाक्टर सन्जय कुमार अग्रवालाइ बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले बुधबारदेखि वीरगन्जमा रहेका सम्पूर्ण सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र क्लिनिकहरु बन्द गराएको हो।

संघको आह्वानमा चिकित्सकहरुले नारायणी उपक्षेत्रीय अस्पतालमा आकस्मिक तथा आइसियु बाहेकका अन्य सबै उपचार सेवा तथा नीजी क्लिनिक र नर्सीङ होमहरुमा भने आकस्मिक सहितका सबै उपचार ठप्प पारेका छन् । त्‍यहाँ कार्यरत करीब दुई ५० जना चिकित्सकहरुको निजी क्लिनिकहरु बुधबारदेखि बन्द छन्।

चिकित्सकहरुको हडतालका कारण बुधबार बन्द रहेको वीरगन्जको एडभान्स हस्पिटल। तस्बिर: क्रान्ति शाह

एडभान्स हस्पिटलमा कार्यरत डाक्टर सन्जय कुमार अग्रवाललाई गत शनिवार बिहान बिरामीका आफन्तहरुले कुटपिट गरेको र कुटपिट गर्ने व्याक्तिलाई प्रहरी प्रशासनले कार्वाही नगरी छाडेकाले त्यसैको विरोधमा चिकित्सक संघको आह्वानमा वीरगन्जका सम्पूर्ण चिकित्कसहरु हडतालमा उत्रिएको संघका अध्यक्ष डाक्टर जगदीश अग्रवालले बताए।

डाक्टर सन्जय अग्रवाललाइ कुटपिट गर्ने वीरगन्ज लक्ष्मणवाका बैजु झालाइ प्रहरीले घटना भएको शनिवार बिहान पक्राउ गरेको भएपनि कर्वाही नगरि त्यही दिन बेलुका छाडिदिएको अध्यक्ष अग्रवालले बताए।

दोषीलाइ कार्वाहीको माग गर्दै पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेललाइ गत आइतबार ज्ञापन पत्र बुझाएको भए पनि पौडेलले गम्भिरता नदेखाएकाले हडतालमा उत्रन बाध्य भएको उनले बताए।

बिरामीको आफन्तबाट कुटिएका एडभान्स हस्पिटलका डाक्टर सन्जय कुमार अग्रवाल।तस्बिर: क्रान्ति शाह

सिडिओ साब र एसपी साबलाइ हामीले पटक पटक भेटेर दोषीलाइ पक्राउ गरि कारबाही गर्न माग गर्‍यौ ,तर सिडीओ साबले हुन्छ, हुन्छ मात्र भन्दै आउनु भएको छ', अध्यक्ष अग्रवालले भने, 'बिरामीको उपचार नै बन्द गरेर हडतालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता हो।'

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने शनिवार चिकित्सकमा माथि भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना युवकलाइ नियन्त्रणमा लिएको भएपनि पिडित चिकित्सक सम्पर्कमा नआएकाले ती युवकलाइ त्यहि दिन प्रहरीले छाडेको बताए।

आन्दोलनमा रहेका चिकित्सकहरुलाइ वार्ताका लागि आफुले बोलाएको जानकारी दिदै पौडेलले वार्ताबाट समस्या सामधान हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.