विदेश नीतिबारे साझा धारणा हुनुपर्छः परराष्ट्रमन्त्री महरा

विदेश नीतिबारे साझा धारणा हुनुपर्छः परराष्ट्रमन्त्री महरा

काठमाण्डौं: उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सबैको धारणा एउटै हुनुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिसंग बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायको धारणामा एकरुपता हुनुपर्ने बताए।

 

परराष्ट्र सचिव शङ्करदास वैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासङ्घले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर जानुपर्ने सुझाव दिए।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ठूलो÷सानो तथा सम्पन्न÷विपन्न जस्तो मुलुक भएपनि विदेशी नीतिका सम्बन्धमा एकै प्रकारको विचार प्रवाह हुनुपर्नेमा जोड दिए।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, नागरिक हित र राष्ट्रको पक्षमा पत्रकार महासङ्घको सधै उभिने बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.