दाङ देउखुरी समाज युएइद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ देउखुरी समाज युएइद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ: दाङ देउखुरी समाज युएइले तुल्सीपुर उपमहानगरपालिका वडा नं १३ को रनियापुर र दमारगाउँका बाढीपीडितलाई राहत वितरण गरेको छ। यहाँका ७८ घरपरिवारलाई खाद्यान्नलगायत राहत वितरण गरिएको हो।

रनियापुरका ५२ र दमारगाउँका २६ घरपरिवारलाई प्रतिपरिवार ५० केजीका दरले चामल, १ लिटर तेल र एक केजी नुन वितरण गरिएको थियो।

तुलसीपुर उपमहानगरपालिका उपमेयर माया आचार्यले प्रवासमा रहेर पनि संगठित भई प्रवासमा सहित मातृभूमिमा समेत आईपर्ने विभिन्न प्राकृतिक एवं मानवीय संकटमा सहयोग गर्ने दाङ देउखुरी समाज युएईको प्रसंशा गरेकी थिइन्। समाजका सल्लाहकार चित्र नेपालीले समेत मातृभूमी आहत हुँदा प्रत्यक्ष रुपमै उपस्थित भएर राहतको मल्हम लगाउन पाएकोमा खुशी ब्यक्त गरेका थिए।

युएईबाट सहयोग पठाउने समाज, सदस्य पदाधिकारी एवं विपत्तिमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यवाद व्यक्त गरेका थिए। बैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरव इमिरेट्स युएईमा रहेका दाङवासीहरु द्वारा सन् २०१५ मा स्थापना भएको उक्त समाजले यसअघि समेत भुकम्पपीडित सहित दाङका अग्निपिडित, बाढिपिडितसँगै गम्भीर प्रकृतिका रोगहसंग जुँधिरहेका बिरामीलाई समेत सहयोग गर्दै आइरहेको समाजका सचिव नारायण आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.