जापानबाट हंसराजलाई ह्वीलचेयर सहयोग
गौर: १० बर्षदेखि पक्षघातका कारण थला परेका पिप्रा पोखरीयाका वृद्ध हंशराज माझी मुसहरलाई जापानमा बस्दै आएकी एक महिलाले ह्वीलचेयर सहयोग गरेकी छिन्। रौतहटको चन्द्रनिगाहपुर घर भई जापानमा बस्दै आएकी मन्जु गरीले ८४ वर्षीय हंसराजलाई एक थान ह्विलचियर सहयोग गरेकी हुन्।
अन्नपुर्णपोष्ट अनलाइनमा हंसराजको बिषयमा समाचार ('मर्न सकिदो रहेनछ, बाँच्नै गाह्रो भो') प्रकाशन भएपछि गिरीले आधुनिक ह्लिचियर प्रदान गरेकी हुन्।मान्छे भएर बाँच्न पाउने सामान्य सुविधा पनि नपाएका हंसराज र उनकी श्रीमती आधा पेट खाएर बर्षौदेखि बाच्दै आएका छिन्।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकी उनी बर्षौदेखि उनी सानो झुपडीमा मृत्यु कुरेर बस्दै आएका छन्।रौतहटको गाविस पिप्रा पोखरीया ८ स्थित मुसहर टोलका हंसराज माझी मुसहरले ह्वीलचेयर पाउपछि खुशी हुदै आफ्नो दैनिकी सजिलो हुने बताए।
उनले खुशी हुदै भने 'अब म गाउँ डुल्न सक्छु। सहयोग गर्नेलाई धेरै धन्यवाद छ।'मुसहर बस्तिमा राहत बितरणगर्न आएका कुमदिनी र आशा नेपालले वृद्ध दम्पतीलाइ कपडा र खाध्यन्न सहयोग गरेको छ।
बस्तीमा खाध्यन्न वितरण गर्न आएका प्रदिप डंगोलले बृद्धको अवस्था धेरै दयनिय रहेको बताएका छन्।पक्षघातका कारण हिडडुल गर्न नसक्ने उनी उपचार खर्च अभावमा बर्षौदेखि थलिएका छन्।
कमाउने कोही नहुदा ७० बर्षिया श्रीमती सितादेवीले आफु र उन्लाइ मागेर खुवाउने गरेकी छिन।सन्तान नभएका गरीव तथा बृद्ध दम्पतीको जीवन कष्टकर रहेको छ।श्रीमती सितादेवीले ह्वीलचियर भएपछि श्रीमान लाइ धेरै सजिलो हुने बताइन्।
गुजराखोलाको किनारमा सानो झुपडीमा बर्षौदेखि उनीहरु बस्दै आएका छन्। उन्को टोलमा ५७ घर परीवार मुसहरहरु छन्।ह्वीलचेयर पाएपछि उन्लाइ छिमेकीले चढाएर गाउ घुमाएका थिए। खुशीले हातहल्लाउदै उनी टोल घुमेका छन्।
पानी परेको बेला छाना चुहिए बस्न नमिल्ने, खरको बारेको टाँटीबाट पानी पस्ने हुँदा झुपडीमा बस्न समस्या भएको हंसराजले बताए। बर्षा र बाढीले झुपडी समेत जीर्ण बनाएको छ।