वार्इसीएल मधेसमा परिचालित
काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वार्इसीएल) एक साताका लागि तराई मधेसको अभियानमा परिचालित भएको छ। वार्इसीएलको नवनिर्वाचित पदाधिकारीको टोली तराईका जिल्लाहरुमा अभियान सञ्चालनका लागि परिचालित भएको हो।
वाइैसीएल अध्यक्ष रामप्रसाद सापकोटाको नेतृत्वमा उपाध्यक्षद्वय सुमन देवकोटा र लालेन्द्र मण्डल, महासचिव सुबोधराज शेर्पाली, सचिव दिवस पाण्डे, कोषाध्यक्ष मिङगमा डण्डुल शेर्पासहितका पदाधिकारी बाढी र डुवान प्रभावित क्षेत्रका जनताको घरदैलोमा पुगेका हुन्। अध्यक्ष सापकोटाका अनुसार बिहीबार रौतहटको पोखरियामा, शुक्रबार महोत्तरीको रामगोपालपुरमा र शनिबार सप्तरीमा राहत वितरण गर्ने कार्यक्रम छ।
वार्इसीएलले माओवादी केन्द्रलाई आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा जिताउन जनतालाई मतदान विधि पनि सिकाइरहेको अध्यक्ष सापकोटाले बताए। ती दिन अघि मधेस पुगेको वार्इसीएलको टोलीमा इन्चार्ज मणि थापा पनि बुधबारदेखि सहभागी भएका छन्।