नारायणगढ-मुग्लिन सडक भासियो, तत्काल सुचारु नहुने

नारायणगढ-मुग्लिन सडक भासियो, तत्काल सुचारु नहुने

चितवन : गएरातिको अबिरल वर्षाका कारण सडक भासिएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । सडकखण्डको इच्छाकामना गाउँपालिका-६ मा पर्ने चोर खोला नजिकै चारकिलो भन्ने स्थानमा सडक भासिएपछि सडक अबरुद्ध भएको चितवन जिल्ला ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले बताएका छन् ।

नारायणघाट-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार ५० मिटर बाटो भासिएर त्रिशुली नदिमा खसेको छ । नौ मिटर चौडाइ रहेको सडककको ४ मिटर बराबरको भाग नदिमा खसेको खनालले बताए । सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.