मधेश झरे माओवादी शीर्ष नेता

मधेश झरे माओवादी शीर्ष नेता

काठमाडौं : माओवादी केन्द्रले पार्टीको सर्वाेच्च निकाय केन्द्रीय सचिवालय बैठक वीरगन्जमा गर्ने भएको छ । भदौ १७ गते आयोजना हुने बैठकका लागि उसले सबै शीर्ष नेतालाई मधेस बोलाएको छ ।

यसअघि उक्त बैठक काठमाडौंमा बोलाइए पनि बुधबार मात्रै स्थान सारेर वीरगन्ज पुर्‍याइएको हो । पार्टीको सर्वोच्च संरचना ‘हेडक्वार्टर' विघटन गरी सचिवालयलाई नै सर्वोच्च कार्यकारी संरचना बनाएपछि माओवादीले पहिलो बैठक मधेसमा गर्न लागेको हो ।

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचन परिणाममा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले नेतालाई मधेसमै बोलाएर बैठक गर्न लागिएको प्रवक्ता पम्फा भुसालले बताइन् । मधेसमा माओवादी प्रभाव जबर्जस्त रूपमा स्थापित हुँदै गएको सन्देश दिन खोजिएको भुसालले बताइन् ।

 

यसअघि दुई नम्बर प्रदेशको बैठकले पार्टीको सिंगो ‘हेडक्वार्टर' निर्वाचन अवधिभर मधेसमै रहने माओवादीले जनाएको थियो । त्यही निर्णयका आधारमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, प्रदेश इन्चार्ज मात्रिका यादवलगायत नेता मधेसमै सक्रिय छन् । दाहाललगायत शीर्ष नेता भदौ १२ मै मधेस झरेका हुन् । केन्द्रीय सचिवालयको बैठक सकेर भदौ १८ गते मात्रै उनी काठमाडौं आउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।


‘हेडक्वार्टर' विघटन गरी सचिवालयलाई नै सर्वोच्च कार्यकारी संरचना बनाएपछि माओवादीले पहिलो बैठक मधेसमा गर्न लागेको हो ।

माओवादी सचिवालयमा अहिले ८२ नेता छन् । ९९ सदस्यीय यो कमिटीमा अन्य पद भने रिक्त छ । रिक्त पदमा पार्टी एकता प्रक्रियाबाट आएका नेतालाई समेटेर पूर्णता दिने तयारी भइरहेको नेता बताउँछन् । बुधबार मात्रै सर्लाहीबाट फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादवलगायत नेता प्रवेश गरेका छन् । यसअगाडि नयाँ शक्ति छाडेर रामचन्द्र झा, देवेन्द्र पौडेल, रामकुमार शर्मा, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, सद्भावनाका संस्थापक महासचिव अनिस अन्सारीलगायत नेता प्रवेश गरिसकेका छन् ।

वीरगन्जमा बस्ने बैठकले एकता प्रक्रियामा आएका नेताको कार्यविभाजन गर्ने, साउन पहिलो साताको बैठकको म्यान्डेटअनुसार जम्बो केन्द्रीय आयोजक समिति विघटन गर्ने, दुई अंकको केन्द्रीय समिति बनाउने र दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको चुनावी रणनीतिका विषयमा केन्द्रित रहेर छलफल गर्नेछ । १३६ वटै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएर बैठकबाट अनुमोदन गराउने तयारी माओवादीले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.