सरकारी राहतमा नेताको प्रचार

सरकारी राहतमा नेताको प्रचार

मलंगवा : गाउँमा बाढी पसेपछि ४ सन्तानसहित मानपुर ३ का रुदल मुखिया अहिले राहतबाट पाएको खाद्यान्नले गुजारा गर्दै छन् ।बागमतीको बाँध भत्किँदा गाउँका मानिस अग्लो पक्की घरमा शरण लिएर बसे पनि गाउँमै आफूले सञ्चालन गर्दै आएको औषधि पसलको कटेरोमा मुखियाले परिवारसहित ५ दिन बिताएका थिए । ‘बाढी पस्दा मानवीय क्षति हुनबाट जोगियो’, मुखियाले भने, ‘राति आएको भए गाउँनै सखाप हुने थियो ।’ गाउँका १ सय ८ घरमा क्षति पुगेको छ । १५ वटा घर पूर्ण रूपमा क्षति ग्रस्त छन् । अहिले राहतबाट पाएको त्रिपालमुनि पीडितहरू दिन बिताउँदै छन् ।

बाढीले बाटो बगाउँदा राहत लिएर आउने गाडी पनि एक हप्तापछि गाउँमा आएको थियो । बाढी प्रभावितले गाउँकै मानिससँग मागेर केही दिनसम्म पेट पालेको मुखियाले बताए । मुख्य आम्दानीको स्रोतका रूपमा रहेको तरकारी खेती बाढीले बगाउँदा अहिले गाउँलेको बिचल्ली भएको मुखियाको कथन छ । ‘दैनिक एक लाखसम्मको तरकारी गाउँबाट निर्यात हुन्थ्यो’, मुखियाले भने, ‘तरकारी खेत अहिले पूरै बगरमा परिणत भएको छ ।’ नदीको बगरमा हुने परवल खेती अहिले पूरै चौपट भएको छ ।

आफूहरूलाई समस्या भएका बेला सरकारले प्रदान गरेको राहतमा नेताहरूले आफ्नो प्रचार गर्दा दुःख लागेको मुखियाले बताए । चुनावको मिति नजिकिँदै गर्दा सरकरी राहतलाई नेताहरूले आफूले राहत बाँडेको भन्दै प्रचारबाची गर्न थालेका छन् । गाउँमा राहत बाड्ने क्रममा नेताहरू पुग्ने र राहत बाँड्ने टोली फर्केपछि राहत आफूले ल्याएको भनी प्रचारबाची गर्ने गरेका छन् ।

गाउँमा अहिले झाडापखाला, भाइरल ज्वरो, टाउको दुख्नेजस्ता रोगको महामारी फैलिएको छ । चिकित्सक गाउँमा नहँदा बिरामीहरू उपचारका लागि बरहथवा जानु परेको मुखियाको दुखेसो छ । सिसौट ७ का ७० वर्षीय महेन्द्र चमारको अवस्था निकै दयनीय छ । बाढीले फुसले बनाएको घर अहिले भत्केको छ । चमार अहिले १० जनाको परिवारसहित भैंसी बाध्ने गोठमा सुत्दै आएका छन् । ‘दालमोठ, च्युउरा, चाउचाउ खाएर ४ दिनसम्म गुजारा चलायौं’, महराले भने, ‘घरमा ४ दिनसम्म ४ फिट पानी बगिरह्यो ।’ ससाना नातिनातिनासहित भैंसीको गोठमा सुत्नु पर्दा बिरामी परिन्छ कि भन्ने डर अहिले चमारमा छ ।

लखनदेही खोलाले गाउँलाई चारैतिरबाट बगाउँछ कि डरले ४ दिनसम्म सुत्न नपाएको सक्रौल शिवनगरका रजी अहमदले बताए । बाढीले शिवनगरको चारैतिरको बाटो भत्काएको छ । शिवनगरमा अहिलेसम्म गाडी जान सकेको छैन ।

चार दिनसम्म गाउँबाट खोलाको भेल नै बगेको थियो । मुस्लिम बस्ती रहेको टोलमा फुसले बनाएका झुपडी छन् । बाढी गाउँमा बस्दा विद्यालय र मदरसामा स्थानीयले शरण लिएका थिए । घरमा पानी पस्दा पढ्ने किताब नष्ट हुदाँ पढाइ प्रभावित भएको कक्षा ९ मा पढ्ने विनीताकुमारी रामले बताइन् ।

भाइ र आफ्नो किताबकपी घरमा पानी पस्दा नष्ट भएको उनले बताइन् । ‘घरको पानी अहिलेसम्म सुकेको छैन्’, विनीताले भनिन्,‘बाँसले बनाएको चाणमा बस्दै आएका छौं ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.