सडक बालबालिकाको विश्व कप सपना

सडक बालबालिकाको विश्व कप सपना

काठमाडौं : सेल्टर आश्रय नेपालको आयोजनामा भदौ २१ देखि २३ गतेसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ । सेल्टर आश्रय नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चान गर्न लागेको हो । लिगमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका विभिन्न १५ वटा संस्थाका १४ टोलीको सहभागिता रहने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा सेल्टर आ श्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले दिइन् ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । सेभेन ए साइड ढाँचामा खेलाइने लिग दशरथ रंगशालामा हुनेछ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सन् २०१८ को मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाको विश्वकप फुटबलमा सहभागी गराइने छ ।

 

लिगका खेल ३० मिनेट र सहभागी खेलाडीको उमेर १४ देखि १६ वर्षको हुने आयोजकले जनाएको छ । विश्व कपमा २२ देशका २४ वटा टोलीको सहभागिता रहनेछ, जसमा १२ छात्र र १२ छात्रा टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले छात्र स्पर्धामा मात्र भाग लिनेछ । लिगबाट सुरुमा १८ जना खेलाडी छनोट गरी एक महिना विश्वकपको प्रशिक्षण क्याम्पमा राखिने बताइएको छ ।

प्रशिक्षण क्याम्पबाट उत्कृष्ट नौ जनालाई विश्वकप टोलीमा समावेश गरिनेछ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुुलाधरले एन्फाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सडक बालबालिकाको लिगका लागि प्राविधिक सहयोग गरेको बताए । उनले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एन्फा एकेडेमीको टोलीका समावेश गर्न सकिने जानकारी पनि दिए । आगामी वर्षदेखि सडक बालबालिकाको लिग फुटबललाई एन्फाले आफ्नो क्यालेन्डरमा समावेश गर्नेछ,’ तुलाधरले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.